स्कोप साकोसले १३ प्रतिशत लाभांश दिने, अध्यक्षमा पुनः अनिल वीर बज्राचार्य
काठमाडौं, २९ भदौ । स्कोप बचत तथा ऋण सहकारी संस्था लि. (साकोस)को २१ औं साधारण सभाले पुनः अनिल वीर बज्राचार्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा यज्ञ राज बज्राचार्य, सचिवमा दिपक राज शाक्य, कोषाध्यक्षमा धर्म रत्न शाक्य रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल बज्राचार्य, अर्नि मैंया बज्राचार्य, शान्ति बज्राचार्य, रुजन बज्राचार्य, चैत्य रत्न शाक्य रहेका छन् । यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजमा आनन्द वीर बज्राचार्य र सदस्यहरुमा बिनोद रत्न बज्राचार्य र सबिना शाक्य रहेकि छिन् । संचालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन उप–समितिका संयोजक वीर काजी शाक्यले जानकारी दिए ।
सभामा संस्थाका अध्यक्ष अनिल वीर बज्राचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा लेखा संयोजक आनन्द वीर बज्राचार्यले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्बतले पास गरेको छ । त्यस्तै गत आवको नाफबाट संस्थाले सदस्यहरुलाई १३ प्रतिशत लाभांश दिने संचालक समितिको प्रस्ताव पनि पारित भएको छ ।
कार्यक्रमको संस्थाका सदस्यका छोरा छोरीहरु मध्येबाट यस वर्ष एस एल सि. मा उत्कृष्ट भएका छात्र छात्रा, उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट नारी बचतकर्ता, उत्कृष्ट शेयर सदस्यलाई सम्मान गरिएको संस्थाका प्रबन्धक बाबु राजा बज्राचार्यले जानकारी दिए । संस्थाले यस वर्ष जम्मा १ करोड १० लाख २७ हजार ५ सय ७२ रुपैंया खुद बचत गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
