सहकारी मार्फत फोहोर व्यवस्थापन
सौराहा २८ भदौ । सौराहाका व्यवसायी तथा सामाजिक संघसंस्थारुमा आवद्ध व्यक्तिहरुले सहकारी संस्थामार्फत फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेका छन् । होटलहरु बाट निस्कने फोहारको दिगो व्यवस्थपन नभएका कारण सौराहाको वातावरण प्रदुषण बन्दै गएपछि यहाँका व्यवसायीहरुले सहकारीमार्फत व्यावसायिक रुपमा फोहोरको उचित व्यवस्थापनको काम सुरु गरेका हुन् । फोहोर व्यवस्थापनकै लागि व्यवसायीहरुले दिगो फोहोर व्यवस्थपन ताथ बतावरण संरक्षण सहकारी संस्था स्थापना गरेका छन् ।
सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयमा दर्ता गरिएको सो सहकारीले सौराहाका होटलबाट निस्कने फोहोरको व्यवस्थापन र प्रशोधन गरी रोजगारी र आम्दानीको सिर्जना गर्ने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद बगालेले बताए । सहकारीमार्फत सौराहाबाट निस्कने सड्ने र नसड्ने दुवै प्रकारका फोहोरहरुलाई व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । सड्ने फोहोरलाई कम्पोष्ट मल बनाएर किसानलाई विक्रि गर्ने तथा नसड्ने प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन गरी घरायसी काममा प्रयोगमा आउने तथा पर्यटकले रुचाउने खालका सामग्री बनाईने अध्यक्ष खरेलले बताए ।
फोहोरको व्यवस्थापन गरी रोजगारी र आर्थिक आम्दानी गर्ने अवधारणा अनुसार व्यवसायीहरुले सामुदायिक स्रोत केन्द्रमार्फत २५ जना स्थानीय महिलाहरुलाई प्लाष्टिकबाट विभिन्न सामाग्री बनानउने तालिम पनि दिइसकेको छ । फोहोर व्यवस्थापन गर्दा बातावरण संरक्षण पनि हुने र व्यावसायिक रुपमा काम गर्दा स्थानीयको आत्मनिर्भर हुने बाटो पनि खुल्ने भएकाले सहकारीमार्फत फोहोर व्यवस्थापन गर्न थालिएको संस्थाका अध्यक्ष खरेलले बताए ।
महिलाहरुले बनाउने सामाग्री र कम्पोष्ट मलको बनारको सम्भाव्यता अध्ययनसमेत गरिएको छ । मल र आकर्षक सामग्रीहरुको बजार पनि राम्रो पाईयो उनले भने यसलाई हामीले छिट्टै बनाएर बजारमा पठाउँछौ । सौराहाका होटल तथा घरहरुबाट दैनिक तीन हजार किलो फोहर उतपान हुने गर्दछ । ठुलो परिमाणमा निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्केकै कारण सौराहा प्रदुषित बनेको थियो ।
एकजना विदेशी नागरिक मार्टिनले सौराहाबाट निक्ने फोहोर संकलन र प्रशोधन गर्ने काम गरेको भए पनि त्यो प्रभावकारी नभएपछि व्यवसायी र स्थानीय संघ संस्थामा आवद्ध सामाजिक व्यक्तिहरुले सहकारीमार्फत फोहोर व्यवस्थापनको अवधारणा ल्याएका हुन् । होटलबाट निक्सने फोहोर व्यवस्थापनका लागि खोलिएको सहकारीको दैनिक रुपमा फोहोर संकलन गरी व्यावसायिक रुपमा प्रशोधन र कम्पोष्ट मल बनाउने योजना रहेको छ ।
त्यसका लागि संस्था दर्ता, सामग्री बनाउन आवश्यक पर्ने महिला जनशक्ति र जग्गा खरिद गरी भवन निमाणको काम अगाडि बढाईएको संस्थाका अध्यक्ष खरेलले बताए । सो सहारीमा अहिले ४० जना सदस्य रहेको भए पनि विगतमा दुई सय सदस्य बनाएर फोहोर व्यवस्थापनको अभियानमा सहभागी गराउने योजना रहेको उनले बताए । सौराहाका पुराना व्यवसायी हरभक्त घिमिरे, संरक्षणकर्मी समेत रहेका व्यवसायी वासु ढुंगाना, लगायतका व्यवसायीहरु सहकारी मार्फत फोहोर व्यवस्थापन गर्ने काममा लागि परेका छन् ।
फोहोरको उचित व्यवस्थापन नहुँदा व्यवसायीहरुले होटलबाट दैनिक रुपमा निस्कँदै आएको फोहोर नजिकैको राप्ती खोलामा फाल्न बाध्य थिए । केहि वर्ष यता विदेशीले फोहोर व्यवस्थापन गर्न थालेपछि नदीमा फोहोर फाल्ने प्रवृति घटेको भए पनि पुर्ण रुपमा निर्मुल भएको थिएन् । सहकारी मार्फत फोहोर व्यवस्थापनको कम सुरु भएपछि नदीमा फोहोर फाल्नुपर्ने बाध्यता हट्ने क्षेत्रीय होटल संघ चितवनका पुर्वअध्यक्ष समेत रहेका पुराना व्यवसायप् हरिभक्त घिमिरेले बताए ।
फोहोर, व्यवस्थापनको लागि मात्र भनेर स्थापना गरिएको यो सहकारी नैपालमै पहिलो भएको व्यवसयाीहरुले दावी गरेका छन् । सो सहकारीलाई प्राक्टिकल एक्सन नेपालले प्राविधिक सहयोेग गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
