२० कात्तिक २०८३, शुक्रबार

सपना बहुउद्देश्यीय सहकारी १५ लाख नाफामा

२०७१ भदौ २८, शनिवार
सपना बहुउद्देश्यीय सहकारी १५ लाख नाफामा

काठमाडौँ, २८ भदौ । सपना बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७०।०७१ मा रु १५ लाख एक हजार ४४६ मुनाफा आर्जन गरेको छ । संस्थाले रु ११ करोड ५९ लाख ५७ हजार ६७२ निक्षेप सङ्कलन गरी रु नौ करोड ४५ लाख ५१ हजार ७०९ लगानी गरेको जनाएको छ ।
संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष प्रज्ज्वल थान्जुले प्राकृतिक प्रकोपपीडितको राहतका लागि संस्था र कर्मचारीको तर्फबाट रु ३३ हजार ३३३ सहयोग गरेको र गरिब एवम् जेहेन्दार छात्र÷छात्रालाई वार्षिक रु १५ हजार राशिको सपना सहकारी छात्रवृत्ति पुरस्कार काठमाडौँको छैमले–४, भण्डारखर्कस्थित पञ्चकन्या मावि कक्षा ८ मा अध्ययनरत छात्र विश्वजीत वाइबालाई प्रदान गर्ने निर्णय गरिएको बताए ।
साधारणसभामा संविधासभाका सदस्य राजेन्द्र पाण्डेले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदानलाई राज्यले कदर गर्ने विश्वास दिए ।
त्यसैगरी डिभिजन सहकारी कार्यालयका अधिकृत विक्रम पाण्डेले सहकारीको मूल्य र मान्यतालाई सही तबरले अगाडि बढाएर लगानी विस्तार गर्न सकेमा सहकारीले अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने  बताए । कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक रामचन्द्र अर्याललगायतले संस्थाको आगामी दिनका कार्यक्रमबारे जानकारी दिएका थिए ।

अभिलेख

लोकप्रिय