२० कात्तिक २०८३, शुक्रबार

सहकारीले कर छलेर धेरै नाफा कमाउन तर्फ लागेः केशव थापा

२०७१ भदौ २८, शनिवार
सहकारीले कर छलेर धेरै नाफा कमाउन तर्फ लागेः केशव थापा

भरतपुर २८ भदौ  । अमरदिप महिला उत्थान तथा ऋण सहकारी संस्था लिमिटेड  भरतपुरले सातौ साधारण सभा तथा तेस्रो अधिवेशन बाट कुशुम कुमारी क्षेत्रिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसतिकिो उपाध्यक्षमा देवि बैरकोटी, सचिवमा डम्वर कुमारी भण्डारी, कोषाध्यक्षमा सिता देवि रेग्मि, सदस्यहरु भगवति साहि हमाल, मिना गुरुङ, शान्ति अधिकारी, सरिता सुवेदी, विना गुरुङ, रहेका छन् । त्यस्तै लेखा समिति संयोजक , भगवति अधिकारी, सदस्यहरुमा नमिता श्रेष्ठ र उमा  राजथला रहेका छन् ।
सो कार्यक्रमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख केशव बहादुर थापाले बचत तथा ऋण सहकारीहरुले कर छलेर धेरै नाफा कमाउन तर्फ लागेको बताउनु भएको छ । बचत सहकारीहरु सेवा मुखि भन्दा पनि नाफा मुखि बन्दै गएको भन्दै सेवा मुखि पनि पनि बन्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका संचालक समिति सदस्य नवराज सापकोटा, लुम्वेनी आभास सहयोग समुह टाडिका संयोजक सिंह वहादुर लामा, लगाएतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा संस्थाका उत्कृष्ट सेयर सदस्य तथा उत्कृट बचत कर्ताहरुलाई सम्मान गरिएको सो संस्थाकी सदस्य गंगादेवि विश्वकर्माले जानाकारी दिईन  । संस्थाको २ करोड ५३ लाख निक्षेप संकलन  र २ कारोड ७२ लाख सेयर पुँजि ७९ हजार चुक्ता सेयरपूँजी रहेको सो संस्थाकी लेखा संयोजक डम्वर कुमारी भण्डारीले जानाकारी दिइन  । अम्मर दिप महिला उत्थान बचत तथा ऋण सहकारी संस्था की अध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको थियो ।

अमरदिप महिला उत्थान साकोसमाः कुशुम

अभिलेख

लोकप्रिय