२० कात्तिक २०८३, शुक्रबार

सहकारी मार्फत फोहोर व्यवस्थापन

२०७१ भदौ २८, शनिवार
सहकारी मार्फत फोहोर व्यवस्थापन

सौराहा  २८  भदौ । सौराहाका व्यवसायी तथा सामाजिक संघसंस्थारुमा आवद्ध व्यक्तिहरुले सहकारी संस्थामार्फत फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेका छन् । होटलहरु बाट  निस्कने फोहारको दिगो व्यवस्थपन नभएका कारण सौराहाको वातावरण प्रदुषण बन्दै गएपछि यहाँका व्यवसायीहरुले सहकारीमार्फत व्यावसायिक रुपमा फोहोरको उचित व्यवस्थापनको काम सुरु गरेका हुन् । फोहोर व्यवस्थापनकै लागि व्यवसायीहरुले दिगो फोहोर व्यवस्थपन ताथ बतावरण संरक्षण सहकारी संस्था स्थापना गरेका छन् ।

सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयमा दर्ता गरिएको सो सहकारीले सौराहाका होटलबाट निस्कने फोहोरको व्यवस्थापन र प्रशोधन गरी रोजगारी र आम्दानीको सिर्जना गर्ने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद बगालेले बताए । सहकारीमार्फत सौराहाबाट निस्कने सड्ने र नसड्ने दुवै प्रकारका फोहोरहरुलाई व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । सड्ने फोहोरलाई कम्पोष्ट मल बनाएर किसानलाई विक्रि गर्ने तथा नसड्ने प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन गरी घरायसी काममा प्रयोगमा आउने तथा पर्यटकले रुचाउने खालका सामग्री बनाईने अध्यक्ष खरेलले बताए ।
फोहोरको व्यवस्थापन गरी रोजगारी र आर्थिक आम्दानी गर्ने अवधारणा अनुसार व्यवसायीहरुले सामुदायिक स्रोत केन्द्रमार्फत २५ जना स्थानीय महिलाहरुलाई प्लाष्टिकबाट विभिन्न सामाग्री बनानउने तालिम पनि दिइसकेको छ । फोहोर व्यवस्थापन गर्दा बातावरण संरक्षण पनि हुने र व्यावसायिक रुपमा काम गर्दा स्थानीयको आत्मनिर्भर हुने बाटो पनि खुल्ने भएकाले सहकारीमार्फत फोहोर व्यवस्थापन गर्न थालिएको संस्थाका अध्यक्ष खरेलले बताए ।

महिलाहरुले बनाउने सामाग्री र कम्पोष्ट मलको बनारको सम्भाव्यता अध्ययनसमेत गरिएको छ । मल र आकर्षक सामग्रीहरुको बजार पनि राम्रो पाईयो उनले भने यसलाई हामीले छिट्टै बनाएर बजारमा पठाउँछौ । सौराहाका होटल तथा घरहरुबाट दैनिक तीन हजार किलो फोहर उतपान हुने गर्दछ । ठुलो परिमाणमा निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्केकै कारण सौराहा प्रदुषित बनेको थियो  ।
एकजना विदेशी नागरिक मार्टिनले सौराहाबाट निक्ने फोहोर संकलन र प्रशोधन गर्ने काम गरेको भए पनि त्यो प्रभावकारी नभएपछि व्यवसायी र स्थानीय संघ संस्थामा आवद्ध सामाजिक व्यक्तिहरुले सहकारीमार्फत फोहोर व्यवस्थापनको अवधारणा ल्याएका हुन् ।  होटलबाट निक्सने फोहोर व्यवस्थापनका लागि खोलिएको सहकारीको दैनिक रुपमा फोहोर संकलन गरी व्यावसायिक रुपमा प्रशोधन र कम्पोष्ट मल बनाउने योजना रहेको छ ।

त्यसका लागि संस्था दर्ता, सामग्री बनाउन आवश्यक पर्ने महिला जनशक्ति र जग्गा खरिद गरी भवन निमाणको काम अगाडि बढाईएको संस्थाका अध्यक्ष खरेलले बताए । सो सहारीमा अहिले ४० जना सदस्य रहेको भए पनि विगतमा दुई सय सदस्य बनाएर फोहोर व्यवस्थापनको अभियानमा सहभागी गराउने योजना रहेको उनले बताए । सौराहाका पुराना व्यवसायी हरभक्त घिमिरे, संरक्षणकर्मी समेत रहेका व्यवसायी वासु ढुंगाना, लगायतका व्यवसायीहरु सहकारी मार्फत फोहोर व्यवस्थापन गर्ने काममा लागि परेका छन् ।

फोहोरको उचित व्यवस्थापन नहुँदा व्यवसायीहरुले होटलबाट दैनिक रुपमा निस्कँदै आएको फोहोर नजिकैको राप्ती खोलामा फाल्न बाध्य थिए । केहि वर्ष यता विदेशीले फोहोर व्यवस्थापन गर्न थालेपछि नदीमा फोहोर फाल्ने प्रवृति घटेको भए पनि पुर्ण रुपमा निर्मुल भएको थिएन् । सहकारी मार्फत फोहोर व्यवस्थापनको कम सुरु भएपछि नदीमा फोहोर फाल्नुपर्ने बाध्यता हट्ने क्षेत्रीय होटल संघ चितवनका पुर्वअध्यक्ष समेत रहेका पुराना व्यवसायप् हरिभक्त घिमिरेले बताए ।

फोहोर, व्यवस्थापनको लागि मात्र भनेर स्थापना गरिएको यो सहकारी नैपालमै पहिलो भएको व्यवसयाीहरुले दावी गरेका छन् । सो सहकारीलाई प्राक्टिकल एक्सन नेपालले  प्राविधिक सहयोेग गरेको छ ।

अभिलेख

लोकप्रिय