प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु डबल बहार योजना’
काठमाडौं २६ भदौ । विभिन्न समयमा विभिन्न उपहारहरु ग्राहक माझ पस्कदै आइरहेको प्रभु मनी ट्रान्सफरले यस पटकको दशैंमा पनि ग्राहकहरुलाई विषेश उपहारको प्याकेज अगाडी सारेको छ । प्रभुले दशैं तिहार र छटपर्वलाई लक्षित गरी प्रभु डबल बहार योजना अगाडी सारेको छ । प्रभुमनी ट्रान्सफरबाट रकम पठाउने तथा पाउने दुवैको हातमा उपहार पुर्याउने उद्देश्यसहित प्रभुले आइतबार देखी लागु हुने गरी नयाँ योजना अघि सारेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि दशैं,तिहार र छटपर्वलाई केन्द्रविन्दुमा राखि उक्त उपहार योजनालाई अगाडी सारेको बताएको छ । प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बिमा पाउने छन्। यस्तै हरेक दिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरिने प्रभु मनि ट्रान्सफरले जनाएको छ। यो योजना २९ अक्टुवरमा सकिने छ । यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने प्रभुले जनाएको छ। यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने प्रभु मनि ट्रान्सफरकी उपाध्यक्ष कुसुम लामाले बताइन्। यस्तै पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने योजना प्रभुले अघि सारेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
