२० कात्तिक २०८३, शुक्रबार

अनुदानको लोभमा सहकारी संस्था खुल्ने क्रम बढ्यो

२०७१ भदौ २६, बिहिबार
अनुदानको लोभमा सहकारी संस्था खुल्ने क्रम बढ्यो

नेपालगन्ज, २६ भदैा । अनुदानको लोभमा सहकारी संस्था खुल्ने क्रम बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानमा निर्भर रहने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ ।
‘महिला विकास कार्यालयले सहयोग गरे महिला सहकारी, कृषि विकास कार्यालयले सहयोग गरे कृषि सहकारी र एनजीओहरूले सहयोग गरे त्यसैअनुसारको सहकारी खोल्ने क्रम बढेको छ,’ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बा“केका प्रकाश आचार्य भन्छन् ।
सहकारी संघसंस्थाको क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्य सहकारी संस्थाले अनुदानको लोभ गर्नु सहकारीको भावनाविपरीत भएको उल्लेख गर्छन् । भन्छन्, ‘हरेक सहकारीले आफ्नै बलबुतामा संस्था चलाउनुपर्छ ।’ अनुदानको लोभमा संस्था खोल्ने क्रम नरोकिए सहकारी संस्थाहरूमा समस्या पैदा हुने उनको भनाइ छ ।
नेपालगन्जमै रहेका धेरै सहकारी संस्थाले यस्ता गतिविधि गर्दै आएको सहकारी डिभिजन स्रोतले जानकारी दिएको छ । डिभिजनको आयोजनामा शुक्रबार आयोजित सहकारीकर्मी, लेखापरीक्षक, लाइन एजेन्सी पदाधिकारीबीच सहकारी नियम, सुशासन, पारदर्शितालगायतका विषयमा प्रशिक्षण कार्यक्रमसमेत भएको छ ।
उक्त प्रशिक्षणमा आचार्यले सहकारीहरूमा विकृति बढेकाले प्रशिक्षणको आवश्यता रहेको बताए । भन्े, ‘आगामी आर्थिक वर्षमा यस्तो खालको प्रशिक्षण गर्नका लागि एउटा खाका तयार गर्छौं ।’
डिभिजनका अनुसार बा“केमा रहेका सयभन्दा बढी सहकारी संस्था क्रियाशीलसमेत छैनन् । उनीहरूलाई कारबाहीको तयारी गरिएको छ ।

अभिलेख

लोकप्रिय