हातेमालो सहकारीको दोस्रो त्रिवर्षीय रणनीतिक योजना गोष्ठि सम्पन्न, साढे १३ करोड कारोबार
सिमरा, २६ भदौ । गढीमाई नगरपालिका सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको दोस्रो त्रिवर्षीय रणनीतिक योजना गोष्ठि बुधबार सिमरा उद्योग बाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको छ ।
गोष्ठिमा बोल्दै संस्थाका अध्यक्ष कृष्ण पौडेलले हातेमालो बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको साढे छ वर्षमा मध्यतराईको समुदायमा आधारित सदस्यकेन्द्रीत उत्कृष्ट सहकारी बनेको बताउदै आगामी तीन वर्षभित्र मुलुककै उत्कृष्ट सहकारी बनाउन सकिने बताए । वित्तिय सेवामा हासिल सफलतासंगै यसलाई सुलभ, गुणस्तरीय र जोखिममुक्त बनाउदै उत्पादन र सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको पौडेलले बताए ।
कार्यक्रममा संस्थाका लेखा संयोजक डम्मरमणि थेवे लिम्वु, उपाध्यक्ष विनोद कलवार, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, संस्थाका सदस्य डा. मदन घिमिरे, व्यवस्थापक महेश ढुंगेललगायतले बोलेका थिए । गोष्ठिले आगामी असोज ४ गते आयोजना हुने सातौं वार्षिक साधारणसभालाई भव्य बनाउने योजनासमेत बनाएको छ । संस्थामा हाल १३३० सदस्यहरु रहेको १३ करोड साठी लाखको कारोवार भई रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
