२० कात्तिक २०८३, शुक्रबार

केदारनाथ साकोसको नवौं साधारण सभा सम्पन्न, ६ प्रतिशत शेयर लाभाशं दिने

२०७१ भदौ २५, बुधबार
केदारनाथ साकोसको नवौं साधारण सभा सम्पन्न, ६ प्रतिशत शेयर लाभाशं दिने

दार्चुला, २५ भदौ । श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि (साकोस) धारी ५, दार्चुलाको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किसन सिह कुवरको अध्यक्षता सभामा राजनितिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका तथा सहकारी संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । संस्थाले ५०० कित्ता शेयर खरिद गरेका १९ जना शेयर सदस्यहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरेको छ । सभामा सदस्यका छोराछोरीहरु मध्ये एसएलसीमा उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीलाई समेत पुरुस्कार प्रदान गरेको छ ।

संस्थाले आ.व.२०७०/०७१को लेखापरीक्षण प्रतिवेदन, आ.व. २०७१/०७२ को वार्षिक कार्यक्रम तथा बजेट, कर्मचारी प्रशासनिक नियमावली शंशोधन, आर्थिक प्रशासनिक वियमावली शंशोधन आ.व. २०७१/०७२को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने निर्णयहरु पारित गरेको छ । साथै अध्यक्षको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । त्यस्तै सभाले रिक्त उपाध्यक्ष पदमा धारी ५, दार्चुलाका इश्वरी जोशीलाई चयन गरेको छ । सभाबाट कर्मचारीहरुको सेवा सुविधा अनुमोदन समेत गरेको छ ।

संस्थाले सदस्यहरुलाई ६ प्रतिशत शेयर लाभाशं दिने निर्णय पारित गरेको छ । कार्यक्रममा अतिथीहरुले केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि जिल्ला मै उत्कृष्ट संस्था रहेको बताएका थिए । संस्थाका अध्यक्ष कुवरले विगतमा गरेका कामको चर्चा गर्दै सहकारी बैंकबाट कर्जा कारोवार गरि उत्कृष्ट कारोवार गरेको बताए । अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्षको हातबाट संस्थाका प्रबन्धक तथा पूर्व अध्यक्षलाई दोसल्ला ओढाई सम्मान गरेको र आगामी दिनमा पनि संस्थाले विभिन्न कार्य संचालन गर्ने धारणा राखे । गाउँमा सदस्यहरुलाई सुपथ मूल्यमा सामान उपलब्ध गराउन सुपथ मुल्य पसल खोलिने, यातायात संचालनमा आएमा बस खरिद गरी सेवा प्रदान गर्ने बताए । सभामा संस्थाका प्रबन्धकले लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक कार्यक्रम बजेट प्रस्तुत गरेका थिए ।

संथाको २०७१ साउन सम्म शेयर २२ लाख ३२ हजार, सदस्य संस्था १ हजार १ सय २३, बचत १ करोड १३ लाख ४२ हजार ३ सय ५५ र लगानी २ करोड ३५ लाख १ हजार ३ सय २७ रुपैंया रहेको छ ।

अभिलेख

लोकप्रिय