२० कात्तिक २०८३, शुक्रबार

त्रि–बर्षिय ब्यवसायिक रणनितिक योजना निर्माण कार्यशाला गोष्ठि सम्पन्न

२०७१ भदौ २५, बुधबार
त्रि–बर्षिय ब्यवसायिक रणनितिक योजना निर्माण कार्यशाला गोष्ठि सम्पन्न

चितवन, २५ भदौ । भरतपुर नगरपालीका–४ स्थित सगुन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा २ दिने त्रि–बर्षिय ब्यवसायिक रणनितिक योजना निर्माण कार्यशाला गोष्ठि मंगलबार सम्पन्न भयो ।

संस्थाका अध्यक्ष चुणामणी पौडेलको सभापतीत्वमा सम्पन्न गोष्ठिमा नेफ्स्कूनका संचालक इन्द्रराजज्योती पौडेल र नबराज सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा संचालक सदस्य, सल्लाहकार, लेखा समिति, विभिन्न उप–समितिका सदस्यहरु गरी ३५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

संस्थाले समुदायमा  आधारित उत्कृस्ट सहकारी सगुन सहकारी भन्ने परिकल्पनाका साथ आगामी तिन बर्षमा ६ सय ५४ शेयर सदस्य बढाएर १५ सय तथा पुंजी १ करोड ३० लाख बाट ३ करोड पुर्याएको छ ।

हाल कायम ९ प्रकारका बचत शीर्षक लाई बढाएर १३ प्रकारका बचत शिर्षक मा ४ करोड ६४ लाख बाट १२ करोड र ५ करोड ५६ लाख ऋण लगानी रहेकोमा १३ कारोड ५ ० लाख पुर्याउने लक्ष निर्धारण गरेको अध्यक्ष पौडेले बताए ।

अभिलेख

लोकप्रिय