युवा मैत्री कृषि नीतिको माग
काठमाडौं, २४ भदौं । कृषि क्षेत्रमा कार्यरत युवा कृर्षकहरुले सरकारले युवा मैत्री कृषि नीति ल्याउनु पर्ने माग गरेका छन् । अन्तराष्ट्रिय पारिवारीक खेति वर्ष २०१४ राष्ट्रिय कार्यन्वयन समिति नेपालले राजधानीमा गरेको कार्यक्रममा युवा कृषिकहरुले कृषिमा युवाहरुलाई लाग्न प्रेरीत गर्ने गरी सरकारले कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन् । कार्यक्रममा युवा कृर्षक मदन पौडेलले सरकारको नीति तथा कार्यक्रममा कृषिको विषयले प्रमुख प्रथमिकता पाएपनि युवा कृर्षकहरुको व्यवसायिकरणका बारे उल्लेख नगरिनु दुःखद भएको बताएका छन् ।
उनले भने ः हामी युवाले नेपालमै व्यवसायिक खेती गर्न चाहन्छौ तर उत्पादन र बजारको ग्यारेन्टी नहुनु हाम्रो प्रमुख चुनौती हो । बजेटमा गरीएको ६ प्रतिशत व्यज दरको मापदण्ड स्वागत योग्य भएपनि प्रक्रियाको विषय झन्झटिलो भएको भन्दै सहज बनाउन युवा कृर्षक पौडेलले माग गरेका छन् । सरकारले ल्याउने नीति निमार्णको समयमा केन्द्रमा रहेका व्यक्तिहरुलाई मात्रै सहभागी बनाउँदा तल्लो तहका कृर्षकहरुको आवश्यकता, समस्या र चुनौतीका सम्वन्धमा कम जानकारी हुने र सोही अनुसारको नीति वन्ने भएकोले अव देखी सरकारले नीति निमार्णको समयमा तल्लो तहका कृर्षक र युवाहरुलाई पनि सहभागी वनाउनुपर्ने युवा कृर्षहरुको माग रहेको छ ।
रामपुर कृषि क्यम्पस चितवनका विधार्थी एंव कृर्षक पौडेलले कृषि अध्ययन गरिरहेका विधार्थीहरुले आफ्नो शैद्धान्तिक ज्ञानसंगै व्यवहारीक प्रयोग गर्न चाहेपनि त्यो अनुसारको व्यवस्थापन हुन नसकेको बताएका छन् । अन्तराष्ट्रिय पारिवारीक खेती वर्ष २०१४ कार्यन्वयन समितिका सदस्य सचिव रुद्र भट्टराईले सरकारको नीति राम्रो भएपनि कार्यन्वयन पक्ष फितलो भएका कारण समस्या आएको बताएका छन् । भट्टराईले भौगोलीक विविधतासंगै विविध कृषि उत्पादनको सम्भावना भएको देशमा आम नागरिकलाई काम काजी वनाउने गरी नीति सरकारले ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले उत्पादन मुलक जग्गा बाँझो राख्ने कृर्षकहरुको
जग्गा निश्चित समयपछि सरकारीकरण गर्ने नीति नल्याएसम्म कृषि उत्पादनमा बढाव ल्याउन नसकिने बताएका छ । युवाहरुलाई कृषिमा आकर्षण गर्नका लागी अनुदान र ऋण मात्रै नभई नीति मै भौतिक, व्यवसायिक एंव लगानी सुरक्षाको ग्यारेन्टि गरिनुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
कृषि फोटो प्रतियोगिता कृषिको विषयमा खिचिएको ३ वटा फोटोलाई वाई पार्ड नेपालले पुरस्कृत गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी वाई पार्ड नेपालले अन्तराष्ट्रीय पारिवारीक खेति वर्ष २०१४ को सन्र्दभमा खिचिएका फोटोहरु मध्येबाट पहिलो, दोस्रो र तस्रो हुने फोटोहरुलाई पुरस्कृत गर्ने फोटो प्रतियोगीताका संयोजक मदन पौडेलले जानकारी गराएका छन् । पौडेलले एक जनाले ३ वटा सम्म फोटो पठाउन सक्ने र फोटो पठाउनका लागी http://ypardnepal.agriyouthnepal.com मा फोटो अपलोड गर्न सकिने बताएका छन् । पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागीत फोटोहरुमध्ये प्रथम लाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजारको पुरस्कार प्रदान गरिने जनाईएको छ । वाई पार्डले कार्तिक २५ गते भित्र फोटो पठाईसक्न पनि आव्हान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
