२० कात्तिक २०८३, शुक्रबार

आयाम सकोसको दोस्रो साधारण सभा, सदस्यको सेवालाई प्रभावकारी बनाउन जोड

२०७१ भदौ २४, मङ्गलबार
आयाम सकोसको दोस्रो साधारण सभा, सदस्यको सेवालाई प्रभावकारी बनाउन जोड

काठमाडौ ,२४ भदौ । आयाम बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । सभामा बोल्दै नेपाल राष्ट्र बैंकका उप निर्देशक बलराम पौडेलले सहकारीले सदस्यहरुको हितका लागि सदस्य सेवामा प्रभावकारी रुपले अगाडी बढ्रनुका साथै उनिहरुको  आर्थिक सहभागीता संस्थाप्रति उत्तरदायित्व हुनु पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष केशब प्रसाद नेपालबाट वार्षिक कार्यक्रम प्रस्तुत गदैं संस्थाको शेयर पूँजी रकम रु ६ लाख ४८ हजार ७ सय  बचत रकम रु ४ १४,६७,०५५ संकलन गरि कर्जा लगानी रकम रु ४,०५,६२,१०५ गरि खुद नाफा रकम रु १३,१७,७१४ गर्न सफल भएको र ०७०।०७१ को नाफाबाट शेयर सदस्यहरुलाई १३ प्रतिशतले लाभाँश बाड्ने जानकारी दिए ।

त्यसै गरि लेखा सुपरिवेक्षण समितिका संयोजक  नविन खकुरालबाट लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो भने संस्थाका कोषाध्यक्ष गणेश प्रसाद नेपालबाट वार्षिक आय व्यय ०७१।०७२ को अनुमानित आय व्यय प्रतिवेदन प्रस्तुत गरे । जेष्ठ नागरिक अभिन्नदन, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण, आयाम शैक्षिक सम्मान साथै कर्मचारी सम्मान गर्ने कार्यक्रम पनि भएको थियो ।

अभिलेख

लोकप्रिय