२० कात्तिक २०८३, शुक्रबार

पाँचसय सात संस्थामाथि अनुसन्धान सुरु

२०७१ भदौ २३, सोमबार
पाँचसय सात संस्थामाथि अनुसन्धान सुरु

विराटनगर, २३ भदौ । आन्तरिक राजस्व कार्यालय विराटनगरले कर छलीको आशङ्कामा ५०७ व्यापारिक फर्ममाथि अनुसन्धान सुरु गरेको छ ।
कार्यालय प्रमुख गोपाल कोइरालाले मोरङ जिल्लाका साना तथा ठूला उद्योगहरूले मिस म्याच गरेको शङ्का गरिएका फर्महरूमा अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०÷७१ को असार मसान्तभित्र मिस म्याच गरी कर छलेको आशङ्का गरिएकाले छानबिन सुरु गरिएको आन्तरिक राजस्व कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
कोइरालाले शङ्काको घेरामा परेका फर्महरूलाई पत्राचार गरिसकेको र उनीहरू सम्पर्कमा आउनेबित्तिकै अनुसन्धान सुरु हुने बताउनुभयो ।
विशेष गरेर मदिरा पसल, चाउचाउ, ग्यास व्यापारी, चुरोट बिक्रेताहरूले मिस म्याच गरेर कर छलेको हुनसक्ने कार्यालय प्रमुख कोइरालाको भनाइ छ । आन्तरिक राजस्व विभागकै निर्देशनमा अनुसन्धानको काम सुरु गरिएको हो ।

अभिलेख

लोकप्रिय