सञ्चालक र व्यवस्थापक एकै व्यक्ती रहने ब्यवस्था बन्द हुनुपर्छः घिमिरे
काठमाडौ,२३ भदौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सञ्चालक समिति र ब्यवस्थापनमा एकै व्यक्ती रहने व्यवस्थाले सहकारीमा समस्या आएको बताउदै यसलाई बिस्तारै बन्द गरिनु पर्नेमा जोड दिएका छन् । सोमबार स्मरण बचत तथा ऋण सहकारी संस्थाकोे छौठौँ बार्षिक साधारण सभामा बोल्दै घिमिरेले सो कुरा बताएका हुन ।
“कार्यसमिती र ब्यवस्थापन समितिमा एकै व्यक्ती हुदा संस्था सञ्चालनमा कठीनाई हुन्छ ” घिमिरेले भने । यदि सञ्चालक समितिमा ब्यवस्थापनको ज्ञान भएको ब्यक्ति भए सञ्चालक समिति छाडेर ब्यवस्थापन मात्र हेर्दा संस्थालाई सक्षम बनाउन सकिन्छ । सहकारीमा दोहोरो सदस्यता र नियमित बचत गर्ने बानिको विकास नभएकाले समस्या आएको बताउदै उनले सदस्य केन्द्रीत नहुने सहकारीमा अहिले देखिएको भन्दा धेरै समस्या आउने उनले चेतावनी दिए ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय काठमाडौका बरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले सहकारीको पहिलो प्रथामिकता सदस्यहरुको आर्थिक विकासमा केन्द्रीत हुनु पर्नेमा जोड दिए । काठमाडौका अधिकांश सहकारीमा लगानी र ऋण असुलीमा समस्या देखिएको जानकारी दिए । सहकारीमा अहिले देखिएको मुख्य समस्य तरलता ब्यवस्थापन रहेको बताउदै उनले सहकारीमा बचत मात्र नभई सदस्यहरुलाई ऋण लिएर अन्य व्यवसाय गर्न सकिन्छ भन्ने बिषयको चेतना विकास गर्न जरुरी रहेको बताए ।
सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले संकलन गर्न सफल भएको जानकारी दिए । हाल संस्थामा ३ सय २४ पुरुष र १ सय २२ महिला र ३ जना संस्थागत सदस्य गरि जम्मा ४ सय ४९ जना शेयर सदस्य रेहेको हुमागाईले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
