२० कात्तिक २०८३, शुक्रबार

क्यास अन एडको प्रमुख कार्यकारी अधिकृतमा विनित शर्मा नियुक्त

२०७१ भदौ २३, सोमबार
क्यास अन एडको प्रमुख कार्यकारी अधिकृतमा विनित शर्मा नियुक्त

काठमाडौं । क्यास अन एडको प्रमुख कार्यकारी अधिकृतमा विनितशर्मा नियुक्तभएका छन् । उनी सन् २०१० देखि क्यास अन एडसँगै यसकाभगिनी संस्थाहरु एफवान सफ्ट, इसेवा लगायतका कम्पनीमा रणनीतिक सल्लाहाकारका रुपमा काम गर्दै आएकाथिए । कम्पनी सञ्चालक समितिको हालैको बैठकले शर्मालाई क्यास अन एड ग्लोबलको प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्नेे निर्णय गरेको हो ।

२५ वर्षभन्दालामो समयदेखि प्रविधिका क्षेत्रमाअनुभव सम्हालेकाशर्मा प्राविधिकआर्किटेक्ट, उच्चतहको व्यवस्थापन, व्यवसायिकअध्यापन र उद्यमशिलतामा संलग्न छन् । उनी प्रविधि विकास कम्पनीका विभिन्न पदमा काम गरिसकेका छन् । त्यसैगरी शर्मा स्टक मार्केट डाटाको प्राविधिक विश्लेषण टुल निर्माण गरेको कम्पनी अनटिक इन्कका सहसंस्थापक समेत हुन् ।

साउर्दन इलिनोइ विश्वविद्यालयबाट कम्युटर विज्ञान तथाइन्जिनियरिङ विज्ञानमा स्नाताकोत्तर गरेकाशर्मा युनिभर्सिटि अफक्यालिफोर्निया बर्कले तथायुनिभर्सिटि अफक्यालिफोर्निया सान्ताक्रुज एक्सटेन्सनक्याम्पसहरुमापनिप्रध्यापन गर्छन् ।क्यास अन एडमा जिम्मेवारी सम्हाल्दै सिईओ शर्माले नविनत्तमप्रविधिको विकास तथा कम्पनीका उत्पादनको स्थानीय तथा विश्वबजारमा पहिचान दिलाउनु पर्नेमाजोड दिए । उनले कम्पनीका लागि मानवीय स्रोत महत्वपूर्ण हुने बताउँदै तिनैले कम्पनीलाई अर्को तहमापुर्याउने बताए ।

क्यास अन एड नविनत्तम सोंच राख्छ र यसको प्रगतिदु्रतगतिमा भैरहेको छ,यसलाई थपगतिदिनहामीलेनिरन्तर सुधारगर्नु पर्छ रत्यसकालागिबलियो टिम वर्कको आवश्यकता पर्छ, उनले भने । सिलिकनभ्यालीक्यालिफोर्निया अमेरिकामाप्रधानकार्यालय रहेको क्यास अन एडले मोवाइल विज्ञापन बजारमाकामगर्दै आएको छ । नेपालबाट सुरु भएको कम्पनीको यात्राअहिले अष्ट्रेलिया, इक्वेडर, भारत तथाश्रीलंकामापुगेको छ । क्यास अन एडले विकास गरेको एन्ड्रोइड एपले विज्ञापनदातालाई आफ्नाग्राहकसम्मपुग्न सजह र सस्तो पहुँचप्रदानगर्दछ । कम्पनीले भिडियो तथाग्राफिक विज्ञापनको सेवाप्रदानगर्दै आएको छ ।

अभिलेख

लोकप्रिय