यसरी हुँदैछ सहकारी मार्फत स्वरोजगार कोषको रकम दुरुपयोग, ऋण लिएर वैदेशिक रोजगारमा
युवालाई व्यवसाय सञ्चालनमार्फत स्वरोजगार बनाउन संस्थाले ७० जनालाई रु ५० हजारका दरले ऋण प्रदान गरेको थियो । “सहकारी संस्थाबाट ऋण लिएर सात जना विदेश गएको पाइयो,” कोषका जिल्ला सदस्य सचिव हरि मैनालीले भने, “व्यवसाय गर्छु भनेर ऋण लिएर विदेश जानु त भएन नि ।”
ऋण लिएर यहाँका सातजना युवा मलेसिया, कतार, साउदी अरबलगायत मुलुकमा गएका छन् । उनले भने – “विदेश नजानु भन्ने हाम्रो भनाइ होइन तर कोषबाट व्यवसाय गर्न भनेर ऋण लिएकाले विदेश जान मिल्दैन ।”
सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सहुलियतमा ऋण प्रदान गरेको थियो । विदेश जानुपरे कर्जा फिर्ता गर्नुपर्ने प्रावधान छ । तर त्यस विपरीत कोषको ऋण फिर्ता नगरी विदेश गएकाले कारबाही अगाडि बढाइने स्वरोजगार कोषले जनाएको छ । रकम फिर्ता नगरी विदेश जाने युवालाई नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा उपलब्ध नगराउनेसम्मका कारबाही हुने कोषले जनाएको छ ।
सहकारी संस्थाबाट रु छ लाख ऋण लिएर बङ्गुरपालन व्यवसाय सुरु गरेका चारजना युवाको व्यवसाय धरापमा परेको छ । मैनालीले भने – “अनुगमनका क्रममा जाँदा खोरमात्र छ, बङ्गुर पनि तीन÷चारवटा मात्र । त्यही पनि बाँच्ने स्थितिमा छैनन् ।”
ऋणमात्र लिएर व्यवसायप्रति चासो नदिएकाले यस्तो स्थिति आएको उनले बताए । कोषले सहकारी संस्थामार्फत सहकारी संस्थामा आबद्ध ७९ जनालाई व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गरेको थियो ।
इलाम, २३ भदौ । युवालाई स्वरोजगार बनाउन प्रदान गरिएको रकमबाट फिक्कलका युवा विदेशिएको रहस्य खुलेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले फिक्कलस्थित पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थालाई रु ५० लाख ऋण प्रदान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
