पद्मावती सहकारीले १५ प्रतिशत लाभाशं दिने
ललितपुर, २२ भदौं । पद्मावती बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन गर्दै सहकारी विभागका उपरजिष्टार नारायण प्रसाद ज्ञवालीले सहकारीका कारण सहकारी अभियान बदनाम हुन पुगेको बताए । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामशरण घिमिरेले सहकारीलाई राज्यले नियन्त्रणमा लिन नहुने बताउनुभयो । संस्थाका अध्यक्ष ईन्द्रमुनी शाक्यले सहकारी संस्थाले समुदायको आर्थिक विकाससंगै गरिबी निवारणमा टेवा पुग्ने गरी समुदायको रुपान्तरणमा टेवा पुरयाउनुपर्नेमा जोड दिए ।
सदस्य संख्या १ हजार ७ सय ५९ रहेको सो संस्थाले आर्थिक वर्ष २०७०÷ ०७१ मा ३४ लाख ७५ हजार ८ सय ८७ रुपैयाँ खुद नाफा गरेको सभामा बताइएको छ । शेयर धनीहरुलाई खुँद नाफाबाट आयकर २० प्रतिशत र जगेडा कोषमा २५ प्रतिशत जम्मा गरी १५ प्रतिशतका दरले लाभाशं दिईने निर्णय गरिएको छ । सो संस्थाको शेयर पुँजी गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ३७ लाख १ हजार १ रुपैयाँ रहेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
