२० कात्तिक २०८३, शुक्रबार

हेल्लो कञ्चनजङ्गा सहकारीको नाफा १७ लाख ५२ हजार

२०७१ भदौ २१, शनिवार
हेल्लो कञ्चनजङ्गा सहकारीको नाफा १७ लाख ५२ हजार

काठमाडौँ, २१ भदौ । प्युखा न्युरोडस्थित हेल्लो कञ्चनजङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु १७ लाख ५२ हजार ८२ नाफा गर्न सफल भएको छ ।
संस्थाको पाँचाँै वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा संस्थाले आगामी आवमा रु ३३ लाख ४२ हजार नाफा गर्ने लक्ष्य राखेको जनाएको छ । संस्थाले आव २०७०÷७१ मा सेयर सदस्य ८९८ बाट वृद्धि गरेर ९९५ पुर्याएको, सेयर पुँजी दुई करोड आठ लाख ६६ हजार ५००, निक्षेप सङ्कलन १६ करोड ८३ लाख ६५ हजार ८५० गरेको छ भने १४ करोड ७० लाख ६८ हजार १२२ कर्जा लगानी गरेर १९ प्रतिशतले कारोबार वृद्धि गरेको छ ।
भाखा नाघेको ऋण जोखिम व्यवस्थापनका लागि रु १४ लाख ७० हजार ६८१ ऋण जोखिम कोष स्थापना गरेको, सेयर सदस्य, निक्षेपकर्ता, लगानीकर्तासमेतको हित र संरक्षणका लागि संस्थाले नयाँ नीति तथा कार्यक्रम तयार गरेर लागू गर्न लागेको अध्यक्ष रामहरि बजगाईंले जानकारी दिए ।

अभिलेख

लोकप्रिय