मानविय सहकारीको चौथो साधारण सभा
काठमाडौ । मानविय बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन डिभिजन सहकारी कार्र्यालय काठमाडौका बरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले गरे । कार्यक्रममा संस्थाका अध्यक्ष मनोज बासुकलाले आर्थिक बर्ष २०७०।०७१को आर्थिक प्रगति विवरण सार्वजनिक गर्दै आब २०७०।०७१ मा १ लाख ८० हजार ६ सय २४कुल आम्दानी गरि पुर्व सञ्चालन खर्च समेत आएको १ लाख ७४ हजार ८ सय ६२ घटाइ रु ५ हजार ७ सय ६२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
यस्तै उनले गत आबमा संस्थाको शेयर पूँजी ५२ लाख २० हजार ५ सय रहेकोमा ३ दशमलव ०२ प्रतिशतले बढेर यो बर्ष बढेर ५३ लाख ७५ हजार पुगेको जानकारी दिए ।
यस्तै गत आबमा ३ करोड ६३ लाख ३ हजार ५ सय ८१ रहेकोमा ३६.६६ प्रतिशतले बृद्धि भै ४ करोड ९६ लाख १३ हजार ३ सय ५४ रुपैया रहेको सभामा जनकारी दिइयो । यस्तै संस्थाले कर्जा लगानी तर्फ गत अबमा ३ करोड ८ लाख ९८ हजार रहेकोमा यस आबमा २५.३५ प्रतिशतले बृद्धि भै ३ करोड ८७ लाख ३० हजार ४ सय ५६ रहेको अध्यक्ष बासुकलाले जानकारी दिए । कार्यक्रममा उत्कृष्ठ बचतकर्तालाई सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
