२० कात्तिक २०८३, शुक्रबार

खाणले भने, “कृषि र सहकारीको विकास बिना आर्थिक विकास हुनै सक्दैन”

२०७१ भदौ २१, शनिवार
खाणले भने, “कृषि र सहकारीको विकास बिना आर्थिक  विकास हुनै सक्दैन”

काठमाडौं,२१ भदौं  । पूर्व मन्त्री बालकृष्ण खाणले आर्थिक संमृद्विको आधार सहकारी नै भएको  बताएका छन् । सहकारीको माध्यमबाट देशमा कायापलट आर्थिक उन्नती गर्न सकिने उनको भनाई थियो ।
उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एंव कृषि तथा सहकारी विभाग प्रमुख खाणले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताए । ‘सहकारीमार्फत कसरी आर्थिक उन्नती गर्ने भन्नेमा हामी गृहकार्य गर्दछौं, कृषि र सहकारीको विकास बिना आर्थिक संमृद्वि हुन सक्दैन्’ उनले भने ।
निरकुंश शासनमा जनता संमृद्व बन्न नसन्के भन्दै खाणले सहकारीले गाउँगाउँमा उदाहरणीय काम गरेकाुे र अझै रचनात्मक काम गर्न आवश्यक भएको बताउनुभयो । अब सहकारीको भूमिका बढाउन र कृषि उत्पादनमा सहकारीलाई जोडेर लैजान आफूहरु गृहकार्यमा लागेको उनको भनाई छ ।
नेपालमा सहकारी स्थापना भएको ६० वर्ष बितिसकेपनि राजनीतिक स्थिरताले सहकारीको विकास हुन नसकेको खाणले बताए ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीमार्फत आर्थिक विकास संभव भएको बताए । सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुमा जोड दिए । सहकारीले नाफा भन्दा पनि सदस्यको जीवनस्तर उकास्नतर्फ ध्यान दिनुपर्ने बताए  ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष सरोज शर्माले श्रम निर्यात गर्न बन्द गरेर कृषि उत्पादन निर्यात गर्न सके मात्र देश उभो लाग्ने बताए । ‘नेपाल कृषि प्रधान देश भएपनि कुनै पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु विडम्बना हो’ उनले भने । देशभर सहकारीको नेटवर्क राम्रो भएकाले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष देवराज शर्माले चुक्ता शेयर पूँजि ९७ लाख १३ हजार ३ रहेको र संस्थाको विनियम संशोधन गरी अधिकृत पूँजि ५ करोड पुर्याउने लक्ष्य रहेको बताए ।
दुईजना कर्मचारी पुरस्कृत
कार्यक्रमा उत्कृष्ट कार्य गर्ने दुईजना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । देवीकुमारी कार्की र पार्वती गौतमलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो । त्यस्तै जेष्ठ नागरिकको सम्मानस्वरुप विभिन्न जेष्ठ नागरिहरुलाई पनि सम्मान गरिएको थियो ।
रक्तदान तथा स्वास्थ्य शिविर
साधारणसभाको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो । सो अवसरमा दर्जनौंले रक्तदान गरेका थिए ।

अभिलेख

लोकप्रिय