२० कात्तिक २०८३, शुक्रबार

मानविय सहकारीको चौथो साधारण सभा

२०७१ भदौ २१, शनिवार
मानविय सहकारीको चौथो साधारण सभा

काठमाडौ । मानविय बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन डिभिजन सहकारी कार्र्यालय काठमाडौका बरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले गरे ।  कार्यक्रममा संस्थाका अध्यक्ष  मनोज बासुकलाले आर्थिक बर्ष २०७०।०७१को  आर्थिक  प्रगति विवरण सार्वजनिक गर्दै आब २०७०।०७१ मा १ लाख ८० हजार ६ सय २४कुल आम्दानी गरि पुर्व सञ्चालन खर्च समेत आएको १ लाख ७४ हजार ८ सय ६२ घटाइ रु ५ हजार ७ सय ६२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
यस्तै उनले गत आबमा  संस्थाको शेयर पूँजी ५२ लाख  २० हजार ५ सय रहेकोमा  ३ दशमलव ०२ प्रतिशतले बढेर यो बर्ष बढेर ५३ लाख ७५ हजार पुगेको जानकारी दिए ।
यस्तै गत आबमा ३ करोड ६३ लाख ३ हजार ५ सय ८१ रहेकोमा  ३६.६६ प्रतिशतले बृद्धि भै ४ करोड ९६ लाख १३ हजार ३ सय ५४ रुपैया रहेको सभामा जनकारी दिइयो । यस्तै संस्थाले कर्जा लगानी तर्फ गत अबमा ३ करोड ८ लाख ९८ हजार रहेकोमा  यस आबमा २५.३५ प्रतिशतले बृद्धि भै ३ करोड ८७ लाख ३० हजार ४ सय ५६ रहेको अध्यक्ष बासुकलाले जानकारी दिए । कार्यक्रममा उत्कृष्ठ बचतकर्तालाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय