तेल चोरी प्रकरणः पुनरावेदनद्वारा जिल्ला प्रशासनको आदेश बदर
रुपन्देही २१ भदौ । रुपन्देहीको मधौलिया–३ र पड्सरी–१ मा भएको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पुनरावेदन अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गरेको छ ।
सोही प्रकरणमा कालोबजारीअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट भएको धरौटीको आदेश बदर गर्दै आरोपीहरुलाई तारेखमा छाड्न पुनरावेदनले आदेश दिएको छ ।
पड्सरी र मधौलियामा भएको पेट्रोलियम पदार्थ चोरीको मुद्दामा जिल्ला अदालतले गत जेठ २० गते ट्याङ्कर चालक, ट्याङ्करधनी र आयल निगम भलवारीका तत्कालीन प्रमुखसहित–३ जनासँग धरौटी माग गरेको थियो । सहचालकलाई जिल्ला अदालतले साधारण तारेखको आदेश गरेको थियो । यसलाई पुनरावेदन अदालतले पनि सदर गरेको छ । तर कालोबजारीअन्तर्गत जिल्ला प्रशासनले गत असार ६ मा आयल निगमका कर्मचारीलाई धरौटी, ट्याङ्कर चालक र धनीलाई पुर्पक्षका लागि थुनामा र सहचालकहरुलाई दिएको साधारण तारेखको आदेश पुनरावेदनले बदर गरेको हो ।
“जिल्ला अदालत र जिल्ला प्रशासनको आदेश विरुद्ध आरोपितहरु पुनरावेदन गएका थिए । सरसर्ती बुझ्दा पुनरावेदनबाट जिल्ला अदालतको आदेश सदर भएको छ भने जिल्ला प्रशासनबाट कालोबजारीमा भएको आदेश बदर भएको छ”, पुनरावेदन अदालत बुटवलका रजिष्ट्रार पिताम्बर बर्माले भन्नुभयो । अदालतको यो आदेशसँगै अभियोगीहरु अदालतमा धरौटी बुझाएपछि तारेखमा बाहिर निस्कन पाउने छन् ।
जिल्ला अदालतले मधौलियाको तेलचोरी अभियोगमा दायर मुद्दाको आदेशमा ट्याङ्करधनी हरिबहादुर कुँवरबाट रु १६ लाख ४७ हजार ३६० र ट्याङ्कर चालक शिवकुमार चौधरीसँग रु १६ लाख ४७ हजार ३६० धरौटी माग गरेको थियो ।
त्यस्तै निगमका Ôेत्रीय प्रबन्धक नागेन्द्रप्रसाद कुर्मी, अधिकृतद्वय रवीन्द्रकुमार राउत र दीपेन्द्र बस्नेतबाट जनही रु चार लाखका दरले रु १२ लाखको धरौटी माग गरिएको थियो । अन्य ट्याङ्कर चालक रामचन्द्र चौधरीसँग रु दुई लाख दुई हजार ६४० र सुदिप कार्कीसँग रु ९३ हजार ६०० धरौटी माग गरिएको थियो ।
ट्याङ्कर सहचालक मोहन कँडेल, प्रकाश महत, राजन रायमाझी, पद्मबहादुर थापा, राजन चौधरीलाई साधारण तारेखको आदेश अदालतले दिएको छ । यस्तै पड्सरीमा भएको पेट्रोलियम पदार्थमा चोरीमा पक्राउ परेका १९ जनामध्ये १२ जना अभियुक्तबाट रु एक करोड ३२ लाख ७२ हजार ४९२ धरौटी बुझाउन आदेश भएको छ ।
भारतको बैतालपुरबाट नेपाल आयल निगमको भलवारीस्थित पश्चिमाञ्चल डिपोमा ल्याइने पेट्रोलियम पदार्थ निगममा नपुर्याई बीचमै रुपन्देहीको पड्सरी र मधौलियामा निर्मित भूमिगत पम्पमा पेट्रोलियम पदार्थ चोरी गर्ने क्रममा वैशाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेर १९ वटा ट्याङ्कर नियन्त्रणमा लिएका थिए । यस प्रकरणमा प्रहरीले कुल ५७ जनामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो । यसमध्ये २७ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् ।
रुपन्देही प्रहरीले पेट्रोलियम पदार्थ चोरीको अभियोगमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ, पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका अध्यÔ राकेशकुमार कसौधन र वरिष्ठ उपाध्यÔ बालकृष्ण गैरे, ट्याङ्करधनीहरु दयाशङ्कर कसौधन, प्रेमराज गैरे, विनोद उप्रेती, पशुपतिनाथ कसौधन, लप्पु चौधरी, विकाश Ôेत्री, रामचन्द्र अधिकारी, श्रवणकुमार श्रेष्ठ, रुद्र शर्मा, प्रिति जयसवाल, पिङ्की कलवार जयसवाल र पप्पुकुमार कसौधनलाई वैशाख १९ मा पक्राउपुर्जी जारी गरी खोजी गरिरहेको छ । पक्राउपुर्जी जारी भएकाहरु बुटवल तथा भैरहवा आसपासमा रहे पनि प्रहरीले पक्राउ गरेको छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
