खाणले भने, “कृषि र सहकारीको विकास बिना आर्थिक विकास हुनै सक्दैन”
काठमाडौं,२१ भदौं । पूर्व मन्त्री बालकृष्ण खाणले आर्थिक संमृद्विको आधार सहकारी नै भएको बताएका छन् । सहकारीको माध्यमबाट देशमा कायापलट आर्थिक उन्नती गर्न सकिने उनको भनाई थियो ।
उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एंव कृषि तथा सहकारी विभाग प्रमुख खाणले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताए । ‘सहकारीमार्फत कसरी आर्थिक उन्नती गर्ने भन्नेमा हामी गृहकार्य गर्दछौं, कृषि र सहकारीको विकास बिना आर्थिक संमृद्वि हुन सक्दैन्’ उनले भने ।
निरकुंश शासनमा जनता संमृद्व बन्न नसन्के भन्दै खाणले सहकारीले गाउँगाउँमा उदाहरणीय काम गरेकाुे र अझै रचनात्मक काम गर्न आवश्यक भएको बताउनुभयो । अब सहकारीको भूमिका बढाउन र कृषि उत्पादनमा सहकारीलाई जोडेर लैजान आफूहरु गृहकार्यमा लागेको उनको भनाई छ ।
नेपालमा सहकारी स्थापना भएको ६० वर्ष बितिसकेपनि राजनीतिक स्थिरताले सहकारीको विकास हुन नसकेको खाणले बताए ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीमार्फत आर्थिक विकास संभव भएको बताए । सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुमा जोड दिए । सहकारीले नाफा भन्दा पनि सदस्यको जीवनस्तर उकास्नतर्फ ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष सरोज शर्माले श्रम निर्यात गर्न बन्द गरेर कृषि उत्पादन निर्यात गर्न सके मात्र देश उभो लाग्ने बताए । ‘नेपाल कृषि प्रधान देश भएपनि कुनै पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु विडम्बना हो’ उनले भने । देशभर सहकारीको नेटवर्क राम्रो भएकाले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष देवराज शर्माले चुक्ता शेयर पूँजि ९७ लाख १३ हजार ३ रहेको र संस्थाको विनियम संशोधन गरी अधिकृत पूँजि ५ करोड पुर्याउने लक्ष्य रहेको बताए ।
दुईजना कर्मचारी पुरस्कृत
कार्यक्रमा उत्कृष्ट कार्य गर्ने दुईजना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । देवीकुमारी कार्की र पार्वती गौतमलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो । त्यस्तै जेष्ठ नागरिकको सम्मानस्वरुप विभिन्न जेष्ठ नागरिहरुलाई पनि सम्मान गरिएको थियो ।
रक्तदान तथा स्वास्थ्य शिविर
साधारणसभाको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो । सो अवसरमा दर्जनौंले रक्तदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
