वनस्थली साकोसको बार्षिक कारोबार चार करोड
काठमाडौँ, २० भदौ । वनस्थली बचत तथा ऋण सहकारी संस्था लिको सातौँ वार्षिक साधारणसभा आज बिहान सम्पन्न भयो ।
कुल ३१२ जना सेयर सदस्य रहेको सो संस्थाले गत आवमा करिब रु चार करोड ४० लाख ३० हजारको कारोबार गरेको साधारणसभामा जानकारी दिइयो ।
संस्थाका अध्यक्ष प्रल्हादनारायण मानन्धरको सभापतित्वमा भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत कविकृष्ण मानन्धरले गत आवमा सम्पूर्ण खर्च कटाइ संस्थाले रु दुई लाख १० हजार खुद नाफा गरेको जानकारी दिए ।
जिल्ला सहकारी संघका उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार गोविन्दप्रसाद शर्मा, कोषाध्यक्ष लक्ष्मीनारायण मानन्धर, सेयर सदस्य सागर अधिकारी, लेखा संयोजक शङ्करप्रसाद प्रधानलगायतले सहकारी संस्थाहरूले गलत तरिकाले धेरै मुनाफा कमाउनुभन्दा सही तरिकाले काम गरेर थोरै मुनाफा कमाउनु उचित हुने बताए ।
त्यस अवसरमा गत आवमा उत्कृष्ट कर्जा कारोबार गर्ने भरतभक्त मानन्धर, उत्कृष्ट मुद्दतिकर्ता शान्ता मानन्धर, उत्कृष्ट बचतकर्ता नुरप्रसाद तिवारी, उत्कृष्ट कर्मचारी सुश्री सुनिता मानन्धरका साथै सेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसएलसी परीक्षामा सर्वाधिक अङ्क ल्याउने सुश्री प्रेरणा जोशीलाई सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
