सातवटा सहकारीलाई दुई करोड ४५ लाख ऋण
सहकारी संस्थाबाट सहुलियतमा ऋण लिएर व्यापार व्यवसाय वृद्धि गरी जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सहकारी संस्थालाई ऋण उपलब्ध गराइएको कोषका सदस्यसचिव हरि मैनालीले बताए । सहकारी संस्थाले कोषबाट सात प्रतिशतमा ऋण लिएर आफ्ना सदस्यलाई १२ प्रतिशतमा लगानी गरेका छन् ।
सातवटा सहकारी संस्थाले आफ्ना २२८ जना सदस्यलाई रु ३० हजारदेखि रु दुई लाखसम्म ऋण लगानी गरेका छन् । संस्थाबाट ऋण लिएर सदस्यहरूले गाईपालन, बङ्गुरपालन, तरकारीखेती, चिया प्रशोधन तथा कुखुरापालन व्यवसाय सञ्चालन गरेको ग्रिनहिल चिया उत्पादक सहकारी संस्था साँखेजुङका गोविन्दप्रसाद दाहालले बताए ।
कोषले जीतपुरको नवमी चिया उत्पादक सहकारी संस्थालाई रु २० लाख, फिक्कलस्थित पञ्चकन्या बहुद्देश्यीय सहकारी संस्था र पुवामाई बहुद्देश्यीय सहकारी संस्थालाई रु ५० लाखका दरले एक करोड, ग्रिनहिल चिया उत्पादक सहकारी संस्थालाई रु ४० लाख, उच्च पहाडी चिया उत्पादकलाई रु ३० लाख, जागृति बहुद्देश्यीय सहकारीलाई रु २० लाख र हरियाली जैविक चिया उत्पादकलाई रु २१ लाख ऋण प्रदान गरेको हो ।
कोषले प्रदान गरेको ऋणको सदुपयोग भई संस्थाले सदस्यलाई लगानी गरेको सदस्यसचिव मैनालीले जानकारी दिए। तोकिएको समयमा ब्याज बुझाउने सहकारीलाई कोषले ब्याजमा ६० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।
इलाम, २० भदौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जिल्लाका सातवटा सहकारी संस्थालाई रु दुई करोड ४५ लाख ऋण प्रदान गरेको छ । ऋण पाउनेमा चार वटा चिया उत्पादक र तीन वटा बहुद्देश्यीय सहकारी संस्था रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
