सहकारी मन्त्रालयका सचिव श्रीधर गौतमलाई कारबाही गर्न अख्तियारको निर्देशन
काठमाडौँ, २० भदौ । केही समय अघि मात्र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर आएका सचिव श्रीधर गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एलएम सुभिर ब्रदर्स टे«डिङले गोकर्ण रिसोर्टको सेयर बिक्री गर्न नेपाल ट्रस्टमा दिएको निवेदनमाथि सुनवाइ नगरेको भन्दै कारबाही गर्न निर्देशन दिएको छ ।
आयोगले आज सरकारलाई पत्र लेखी सचिव गौतमले सेवाग्राहीले दिएको कानुनबमोजिमको निवेदनमाथि कुनै पनि सुनुवाइ नगरेको र रोकिराखेको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो ।गौतम ट्रस्टको सचिव रहँदा सुभिर ट्रेडिङ ब्रदर्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टको सेयर बिक्री गर्न दिएको निवेदनमाथि सुनुवाइ नगरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ । सो रिर्सोट पूर्वराजपरिवारको लगानी भई हाल ट्रस्टअन्तर्गत सञ्चालनमा छ ।
टे«डिङले आफ्नो स्वामित्वमा रहेको सेयर यति होल्डिङ प्रालिलाई बेच्ने भन्दै २०६७ साउन ११ गते निवेदन दिएकामा गौतमको ढिलासुस्तीले लगानीकर्ता निरुत्साहित भएको आयोगले जिकिर गरेको छ ।
ट्रस्टले गठन गरेका विभिन्न समिति र महान्यायाधिवक्ता कार्यालयले समेत सेयर बिक्री वितरण गर्न अख्तियारी प्रदान गरिसकेका सन्दर्भमा उचित निर्णय नगरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । अख्तियार प्राप्त निकायले समेत सो सम्बन्धमा तत्काल निर्णय गर्न दिएको निर्देशनलाई कार्यान्वयन नगरी सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ र आयोग ऐन, २०४८ विपरीत प्रतिकूल हुने कार्य गरेको र सञ्चालक समितिमा छलफल नै नभएको विषयलाई निर्णय पुस्तिकामा लेखी झुक्याउने कार्य गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले ट्रस्ट सञ्चालक समितिले तत्कालीन समयमा गरेका कार्य विद्यमान कानुनको प्रतिकूल रहेको देखिएकाले सेयर बिक्रीका सम्बन्धमा जो जे निर्णय लिनुपर्ने हो अविलम्ब लिई आयोगलाई जानकारी गराउन सञ्चालक समितिको ध्यानाकर्षण गराएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
