२० कात्तिक २०८३, शुक्रबार

सहकारी पत्रकार समाज चौथो वर्षमा प्रवेश

२०७१ भदौ १९, बिहिबार
सहकारी पत्रकार समाज चौथो वर्षमा प्रवेश

काठमाडौं, १९ भदौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) चौथो वर्षमा प्रवेश गरेको छ । समाजले आज एक कार्यक्रमको बीच स्थापना दिवस मनाउँदै छ ।

२०६८ साल भदौ १९ गते सहकारी बिटमा कलम चलाउँदै आएका पत्रकारहरुले संस्थाको स्थापना गरेका थिए । समाजले आज सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाउन लागिएको समाजका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले सहकारीखबरलाई जानकारी दिए ।

उक्त अवसरमा ‘सहकारीमा देखिएका समस्या र कानुनी अड्चन’ बारे अन्र्तक्रिया कार्यक्रम समेत गरीने उनले बताए । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौडेल, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब प्रसाद बडाल, अर्थशास्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपाल लगायतका अतिथिहरु कार्यक्रममा सहभागी हुनेछन् ।

समाजका संस्थापक अध्यक्ष यादव हुमागाई रहेका थिए । हाल हुमागाई सल्लाहकार रहेका छन् । सहकारीको विषमा कलम चलाउँदै आएका पत्रकारहरुको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन समाजको स्थापना भएको हो ।

समाज स्थापना देखिनै सदस्यलाई क्षमता अभिवृद्धि तथा सहकारी अभियानलाई जागरुक बनाउने खालका कार्यक्रम गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय