ऐन संशोधन पछि सहकारीका समस्या समाधान हुन्छ- सचिव गौतम
काठमाडौं, १९ भदौ । सहकारी ऐन २०४८ संशोधन गरी सहकारीमा विद्यमान समस्या सम्बोधन गर्न लागिएको सहकारी तथा गरिबी निवारण मन्त्रालका सचिव श्रीधर गौतमले बताएका छन् ।
ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा रायमा पठाएको र ऐन संशोधन पश्चात सहकारीमा अहिले देखिएका समस्या समाधान हुने उनको भनाई छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को चौथौं स्थापना दिवसका अवसरमा बोल्दै सचिव गौतमले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके ब्यापार घाटा कम गर्न सकिने बताए ।
‘सहकारीको आन्दोलत व्यवस्थित गरेर लैजान आवश्यक छ । अहिले सहकारी निर्वाहमुखी भएको छ, राष्ट्रियस्तरमा सहकारीले उच्च प्राथमिकता पाउनुपर्छ’ उनले भने । ‘फजुल खर्च भइरहेको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक छ, यसो गर्न सके देश छिट्टै आत्मनिर्भर बन्न सक्छ’ गौतमले भने ।
सहकारी विभागका रजिष्टार विष्णुहरि पौडेलले समग्र सहकारीको विकासका लागि छुट्टै ऐन ल्याउन गृहकार्य भइरहे पनि तत्काल समस्यामा देखिएका सहकारीकोे समस्या समाधान गर्न ऐन परिवर्तन भइरहेको बताए । निर्देशन पालना नगरेका कारण सहकारी समस्यामा परेको चर्चा गर्दा ती सहकारीको समस्या समाधान गर्न ऐन संशोधन गरी अधिकार सम्पन्न व्यवस्थापन समिति बनाउन लागेको जानकारी दिए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष ऋषिराज घिमिरेले पल्र्स सिद्धान्तमा नचल्ने सहकारी समस्यामा परेको बताए । सहकारीको सुदृढिकरणका लागि प्रभावकारी ढंगले अनुगमन गर्नुपर्ने उनको भनाई थियो । अप्राकृतिक व्याजदर फरक पर्ने सहकारी, जखेडा कोषमा प्रयाप्त जम्मा नगर्ने सहकारी धराशायी हुने उनको भनाई थियो ।
नेपाल मौरीपालन केन्द्रिय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको बताए । ‘उत्पादन क्षेत्र जताततैबाट अपहेलियत भएको छ, यसले देश उभो लाग्न सक्दैन्’ उनले भने ।
नेपाल जुनार केन्द्रिय सहकारी संघका अध्यक्ष दिपक कोइरालाले बित्तीय क्षेत्रको कारोबार गर्ने सहकारीको हाबी भएको बताए । पैसाको किनबेचले मात्र आर्थिक विकास हुन नसक्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
