नेफ्स्कूनको फिल्ड कार्यालय निजगढमा स्थापना गर्न आग्रह
सिमरा, १९ भाद्र । बचत तथा ऋण सहकारी संस्थाहरुले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) को फिल्ड कार्यालय मध्यतराईको निजगढमा स्थापना गर्न मांग गरेका छन ।
आज निजगढमा सम्पन्न बचत तथा ऋण सहकारीहरुको एक भेलाले उक्त मांग गरेको हो । बचत तथा ऋण सहकारीहरुको क्षमता विकास, अन्तरलगानी तथा वित्तिय कारोवारको सहजीकरणका लागि मध्यतराई खासगरी बारा, पर्सा र रौतहटको केन्द्र हुने गरी निजगढमा शाखा स्थापनाको माग गरेका हुन ।
कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले निजगढमा फिल्डकार्यालय स्थापना गर्न नेफ्स्कून सकारात्मक रहेको बताउदै त्यसका लागि स्थानीय सहकारीहरु जिम्मेवार हुनुपर्ने बताए । सहकारी सुशासन, सिद्धान्त र व्यवसायिक मूल्यमान्यता पालन गर्न प्रतिवद्ध रहेमात्र संस्था सञ्चालन र व्यवस्थापन प्रभावकारी हुन सक्ने बताए ।
यसैगरी नेफ्स्कूनको फिल्ड कार्यालयको सन्दर्भमा पर्साको वीरगञ्जमा पनि अन्तरक्रिया कार्यक्रम भएको छ । पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, संघका लेखा संयोजक वीरेन्द्र सिंह कंडेल, नेफ्स्कूनका अधिकृत गणेश तिमल्सेनालगायतले आफ्नो धारणा राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
