सहकारीका समस्याहरुलाई हल गर्न राज्यले तत्परता देखाउनुपर्छः बडाल
सिमरा, १७ भदौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा संविधानसभााका सदस्य केशव बडालले सहकारीमार्फत नेपाली समाजलाई आर्थिक रुपमा विकसित बनाउन सकिने बताएका छन् । त्यसका लागि राज्यले सहकारीका समस्याहरुलाई हल गर्न तत्परता देखाउनुपर्ने धारणा व्यक्त गरेका छन् । आज (मंगलबार) बाराको कलैयामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको पांचौ वार्षिक साधारणसभामा सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् । सहकारीलाई राज्यले नारामा सीमित रहेको बताउदै कानूनी जटिलताहरुलाई हटाउने र राज्यले समेत पूंजीगत एवम् प्राविधिक योगदान गरेमा सरकारको लगानी सदुपयोग हुने र विकासको अभियानलाई दीगो बनाउन सकिने बडालले बताए । संविधानसभा सहकारी ऐन २०४८ को परिमार्जन र बचत तथा ऋण सहकारीको छुट्टै ऐन ल्याउन सकारात्मक हुनुपर्ने बताए ।
संघले मुुलुकको सहकारी अभियानको शिर्षस्थ संस्था राष्ट्रिय सहकारी संघ नेपालका नवनिर्वाचित अध्यक्ष बडाल, महिला उपाध्यक्ष ओमदेवी मल्ल, लेखा संयोजक धर्मदत्त देवकोटा र सञ्चालक बद्रि लम्साललाई जिल्लावासी सहकारीकर्मीहरुको तर्फबाट अभिनन्दन गरिएको छ ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् संविधानसभाका सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्र लैंगिक एवम् सामुदायिक हिसावले समावेशी भएको बताउदै यसले नै महिला र सीमान्तीकृत समुदायको उत्थानको लागि प्रभावकारी भूमिका खेल्न सक्ने बताए । संघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारी अभियानमा सबै आस्था, जात र समुदायको शक्ति संगठित हुने भएकोले सम्वैधानिक र नीतिगत हिसावले सहकारीलाई बलियो बनाउन सबै मिलेर काम गर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे नेपालको बचत तथा ऋण सहकारी अभियानले अहिले समुदायमा आधारित भएर वित्तिय परिचालनको नेतृत्व गरिरहेको बताए । वित्तिय सहकारीलाई सुशासित र जोखिम तथा विकृति हटाउनका लागि प्रभावकारी कानून ल्याउन जरुरी रहेको धारणा राखे । सहकारीका सञ्चालकहरु इमान्दार, विवेकी र सिर्जनशिल भए संस्थामा सुशासन कायम गर्न सहज हुने घिमिरेले बताए ।
नेफ्स्कूनका सञ्चालक एवम् बारा जिल्ला बचत तथा ऋण केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले बारा जिल्लाले छोटो अवधिमा सहकारी अभियानको विकास र मध्यतराईकै सहकारी आन्दोलनको अगुवाई गर्ने बताए । त्यस्तै वार्षिक साधारणसभा हेबिट्याट फर हयुम्यानिटी नेपालले “अर्थपूर्ण जीवनका लागि आवास” विषयक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको थियो । १४६ सदस्य संस्थाहरु रहेको संघले बचत परिचालन, अन्तरलगानी र क्षमताअभिवृद्धिका लागि विभिन्न क्रियाकलापहरु गरिरहेको छ ।
कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोकलगायत देशव्यापी रुपमा गएको बाढीपहिरोपिडितहरुलाई घोषणा गरेको ३१,१११ रुपैंया सहयोग अध्यक्ष कृष्ण पौडेलले राष्ट्रिय सहकारी संघ नेपाल का अध्यक्ष केशव बडाल र नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेलाई हस्तान्तरण गरे । वार्षिक साधारणसभाले बारामा प्रस्तावित अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण गर्ने कार्य अघि बढाउन तथा बन्द रहेको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानालाई सहकारी अवधारणमा सञ्चालन ल्याउन सरकारसंग मागसमेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
