२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई समुदायमा आधारित हुन आग्रह

२०७१ भदौ १७, मङ्गलबार
सहकारीलाई समुदायमा आधारित हुन आग्रह

सिमरा, १७ भदौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सबै सहकारीहरुलाई सुशासन, नियमन, पारदर्शिता र सुलभ एवम् गुणस्तरीय वित्तिय सेवामार्फत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन क्रियाशिल हुन जरुरी रहेको बताएका छन् ।

सहकारीहरुमा देखिएका विकृति र विसंगति एवम् जोखिमहरुलाई न्युनीकरण गर्दै वित्तिय अनुशासनका नियमहरु पालन गर्ने र समुदायमा आधारित हुन पौडेलले आग्रह गरे । बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भोला गौतमले संघको पांचौं वार्षिक साधारणसभामा जिल्लाभरका डेढ सय सहकारीका करीव तीन सय प्रतिनिधिहरुले भाग लिने बताए ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, उपाध्यक्ष मीनराज कंडेल, महिला उपाध्यक्ष ओमदेवी मल्ल, लेखा समिति संयोजक धर्मदत्त देवकोटालगायतलाई जिल्लावासी सहकारीकर्मीहरुको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

पांचौ वार्षिक साधारणसभामा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आयोजनामा “अर्थपूर्ण जीवनका लागि आवास” योजनासम्वन्धी अभिमुखीकरणसम्वन्धी कार्यक्रम रहेको छ ।

अभिलेख

लोकप्रिय