स्याङ्जामा निस्क्रिय सहकारीको संख्या बढ्यो, ७० सहकारी खारेज हुँदै
स्याङ्जा , १५ भदौ । डिभिजन सहकारी कार्यालय स्याङ्जाले आर्थिक बर्ष २०७१। ०७२ मा ७० सहकारीहरु खारेज गर्ने तयारी गरेको छ । दुई बर्षदेखि लेखा परिक्षणका लागि स्वीकृति र साधरण सभा समेत नगरेका सहकारीहरु ७० ओटा भेटीएकोले खारेज गर्ने अन्तिम तयारीमा कार्यालय लागेको हो।
जिल्लामा निस्क्रिय सहकारीको संख्या बढ्दै गएको डिभिजन सहकारी प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । कुन प्रकृति र बिषयगतका सहकारीहरु खारेजी हुदैछन् भन्ने सुचना भने आफैसगँ रहेको सहकारीले जनाएको छ । आर्थिक बर्ष २०७०÷०७१ मा २० ओटा नयाँ सहकारीहरु जिल्लामा दर्ता भएका छन् भने २३ ओटा खारेजी भएका छन् ।
जिल्लामा दर्ता भएका ३ सय ३४ सहकारीहरु मध्ये २३ ओटा खारेजी भएपछि अव ३ सय ११ सहकारीहरु चालु अवस्थामा रहेको तथ्याङ्क डिभिजन सहकारी सगँ रहेको छ । डिभिजन सहकारी प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अहिले सम्म दर्ता भएका सहकारीहरु मध्ये १ सय २९ ओटाको साधरणसभाको प्रतिवेदन आइसकेको बताए । १५ सहकारीले स्वीकृत नलिएर लेखा परिक्षणका लागि पेश हुन आएका छन् भने ९ ओटा सहकारीले स्वीकृत नलिई साधरणसभा गरेको प्रतिवेदन आएको बताइएको छ ।
जिल्लामा दर्ता भएका जुनसुकै प्रकृतिका सहकारीहरुले असोज महिना भित्र लेखापरिक्षणका लागि स्वीकृती लिनुपर्ने र पुस महिना भित्र सधरणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। तर पनि धेरै जसो सहकारीहरुले सहकारी नियम विपरीत काम गर्दै आएको डिभिजन सहकारीले जनाएको छ । सहकारीको नियम नमान्ने सहकारीहरुलाई कानुनी दयरामा ल्याइने कुँवरले दावी गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
