श्रमिक सहकारीको तेस्रो साधारणसभा सम्पन्न, बाढीपिडितहरुलाई दुई लाख सहयोग
सिमरा, १५ भदौ । नेपालको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (प्रा.) लि मा कार्यरत कर्मचारी र मजदुरहरुले स्थापना गरेका श्रमिक बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भयो ।
सोही क्रममा संस्थाका सदस्य तथा सूर्य नेपालमा कार्यरत कर्मचारी तथा मजदुरहरु तथा सिमरा नरबस्तीका स्थानीय बासिन्दाहरुबाट संकलित दुई लाख रुपैया प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई हस्तान्तरण गरिएको छ ।
वार्षिक साधारणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सहकारीहरु सामाजिक रुपान्तरणका आधार भएकोले यसलाई व्यवस्थित सञ्चालन, व्यवस्थापन र विस्तारमा लाग्नु पर्ने बताए । बाढीपिडितहरुलाई प्रदान गरिएको राहतका लागि धन्यवाद ज्ञापन गर्दै अर्यालले पूर्ण सदुपयोगको लागि प्रयत्न गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरुको संख्या र मुलुकको आर्थिक एवम् सामाजिक समृद्धिमा भूमिका बढदै गएको बताए । सहकारीहरुको गुणात्मक विकास र राष्ट्रनिर्माणमा क्रियाशिल हुन सहकारीकर्मीहरुलाई उनको आग्रह थियो । सहकारीहरुलाई जोखिमरहित बनाउन सहकारी सुशासन र उत्तम विधिको प्रयोगमा ध्यान दिन पौडेलले सुझाउनु दिए ।
संस्थाका अध्यक्ष बेनी तिमल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य नेपालका प्रतिनिधि यज्ञबहादुर आले, आधिकारिक ट्रेड युनियनका अध्यक्ष अमर गिरी, ट्रेड युनियनकर्मी मीनप्रसाद आपागाई, रेडियो सिमराका कार्यकारी निर्देशक अच्युत पौडेल, नरबस्तीबासी तारादेवी कंडेललगायतको उपस्थिति रहेको थियो ।
उदघाटनसत्रपछि आयोजित बन्द सत्रले अध्यक्ष तिमल्सेना र लेखा संयोजक बस्नेतको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । तीन वर्षअघि कर्मचारी र मजदुरहरुले स्थापना गरेको सहकारीले एक सय पचपन्न सदस्यहरुवीच बत्तीस लाखको कारोवार गरिरहेको र गत वर्ष साढे दुई लाख मुनाफा आर्जन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
