कृषि क्षेत्रमा लगानी गर्न इजरायली लगानीकर्ताहरुलाई विनोद चौधरीको आह्वान
काठमाडौं, १५ भदौ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न इजरायली लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । आईतबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आएका नेपालका लागि इजरायली राजदुद यारोन मायेरसँगको अन्तरक्रियामा अध्यक्ष चौधरीले यस्तो आह्वान गरेका हुन। नेपालको दुई तिहाई जनसंख्या कृषिमा संलग्न रहे पनि व्यवसायिक कृषिमा नेपाल पछाडि परेको भन्दै चौधरीले व्यवसायिक कृषिमा इजरायलको विशेषज्ञता नेपालका लागि प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।
‘नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि नेपालको जागरुक जनशक्ति र इजरायलको विशेषज्ञता निकै प्रभावकारी सावित हुन सक्छ’, अध्यक्ष चौधरीले भने ‘नेपालको कृषि क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई हामीले सहकार्य गर्न आवश्यक छ ।’ अध्यक्ष चौधरीले आफ्नो ग्रुपले नेपालमा कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा पनि राजदुत मायेरलाई जानकारी गराए । ‘हामी नेपालको सामाजिक विकासमा प्रभावकारी योगदान पुर्याउन चाहान्छौं’, अध्यक्ष चौधरीले भने, ‘सोही उदेश्य परिपुर्तिका लागि हामीले सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएका हौं ।’
राजदुत मायेरले नेपालको कृषिलगायतका क्षेत्रमा लगानी विस्तारकालागि इजरायली लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने बताए । चौधरी ग्रुपले नेपालमा गरिरहेको लगानी विस्तार र रोजगारी सृजनाबाट नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको धारणा पनि उहाँले ब्यक्त गरे।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणा चौधरीले ग्रुपका गतिविधिका बारेमा जानकारी दिँदै सामाजिक उत्तरदायित्वसहित आफ्नो ग्रुपले नेपालमा लगानी विस्तारका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी गराए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
