२० कात्तिक २०८३, शुक्रबार

स्याङ्जामा निस्क्रिय सहकारीको संख्या बढ्यो, ७० सहकारी खारेज हुँदै

२०७१ भदौ १५, आईतवार
स्याङ्जामा निस्क्रिय सहकारीको संख्या बढ्यो, ७० सहकारी खारेज हुँदै

स्याङ्जा , १५ भदौ ।  डिभिजन सहकारी कार्यालय स्याङ्जाले आर्थिक बर्ष २०७१। ०७२ मा ७० सहकारीहरु खारेज गर्ने तयारी गरेको छ । दुई बर्षदेखि लेखा परिक्षणका लागि स्वीकृति र साधरण सभा समेत नगरेका सहकारीहरु ७० ओटा भेटीएकोले खारेज गर्ने अन्तिम तयारीमा  कार्यालय लागेको हो।
जिल्लामा निस्क्रिय सहकारीको संख्या बढ्दै गएको  डिभिजन सहकारी प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । कुन प्रकृति र बिषयगतका सहकारीहरु खारेजी हुदैछन् भन्ने सुचना भने आफैसगँ रहेको सहकारीले जनाएको छ । आर्थिक बर्ष २०७०÷०७१ मा २० ओटा नयाँ सहकारीहरु जिल्लामा दर्ता भएका छन् भने २३ ओटा खारेजी भएका छन् ।
जिल्लामा दर्ता भएका ३ सय ३४ सहकारीहरु मध्ये २३ ओटा खारेजी भएपछि अव ३ सय ११ सहकारीहरु चालु अवस्थामा रहेको तथ्याङ्क डिभिजन सहकारी सगँ रहेको छ । डिभिजन सहकारी प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अहिले सम्म दर्ता भएका सहकारीहरु मध्ये १ सय २९ ओटाको साधरणसभाको प्रतिवेदन आइसकेको बताए । १५ सहकारीले स्वीकृत नलिएर लेखा परिक्षणका लागि पेश हुन आएका छन् भने ९ ओटा सहकारीले स्वीकृत नलिई साधरणसभा गरेको प्रतिवेदन आएको  बताइएको छ  ।
जिल्लामा दर्ता भएका जुनसुकै प्रकृतिका सहकारीहरुले असोज महिना भित्र लेखापरिक्षणका लागि स्वीकृती लिनुपर्ने र पुस महिना भित्र सधरणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। तर पनि धेरै जसो सहकारीहरुले सहकारी नियम विपरीत काम गर्दै आएको डिभिजन सहकारीले जनाएको छ । सहकारीको नियम नमान्ने सहकारीहरुलाई कानुनी दयरामा ल्याइने कुँवरले दावी गरेका छन् ।

अभिलेख

लोकप्रिय