व्यक्तीगत खर्चमा एक करोड सतासी लाखको पुस्तकालय खोल्ने सम्मानित
काठमाडौ । राजधानिमा आइतवार पुस्तकालय दिवसको अवसरमा आयोजीत कार्यक्रममा सरकारको तर्फवाट व्यक्तीगतखर्चमा देशका ७५वोटै जील्लामा ८४वटा पुस्तकालय खोल्ने लायन्स मनराम प्रतिष्ठानका सम्रक्षक मनमाया श्रेष्ठ र अध्यक्ष रामबहादुर श्रेष्ठलाई शिक्षा मन्त्री चित्रलेखा यादवले सम्मान गरेकी छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालय,लाइवेरी संघ नेपाल,नीजामती पुस्तकालय संघ,सामुदायिक पुस्तकालय संघ,भक्तपुर,ललीतपुर,चितवन,पोखरा लाइवेरी संघ लगायतका देशका झण्डै ३५ वटा पुस्तकालय संघ संस्थाको संयुक्त आयोजनामा त्रिपुरेश्वर स्थित नेपाल उद्योग बाणिज्य महासंघ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमा बोल्दै शिक्षा मन्त्री यादवले पुस्तकलेनै मानिसलाई नैतिकवान र बिज्ञता बनाउन ठुलो मद्दत गर्ने हँदा मूलुकभरीनै स्तरीय पुस्तकालय निर्माण गर्नु पर्ने धाराण राखीन । सरकारले गाउँ गाउँमा पुस्तकालय स्थापना गर्ने उदेश्यका साथ सवै विद्यालयमा एक वटा पुस्तकालय स्थापना गर्ने लक्ष्यका साथ अघि हिंडीरहेको भन्दै यादवले यसमा नीजी क्षेत्र र व्यक्तीहरुको समेत ठुलो सहयोगको आवस्यक्ता रहेको बताइन । रामबहादुर श्रेष्ठ र मनमाया श्रेष्ठले आफुले पढन नपाएता पनी ग्रामिण क्षेत्रका गरीव समुदायलाई लक्ष्क्षीत गरेर ७५वोटै जील्लामा पुस्तकालय स्थापना गरेको सुन्न पाउँदा आफु अत्यन्तै खुसि भएको र आगामी दिनमा उहँहरुको सहयोगको आसा समेत राखिन । सम्मानित एवं लायन्स मनराम प्रतिष्ठानका अध्यक्ष रामबहादुर श्रेष्ठले सरकारले आफुलाई सम्मानको हकदार देखेकोमा खुसि व्यक्त गर्दै देशको शिक्षा क्षेत्रको बिकासमा आफु बाँचुन्जेल शिक्षासेवामा लाग्ने बताए ।
आफुले बिश्वका अधिकाँस मूलुकको भ्रमण गर्दा शिक्षाको महत्व बुझेको बताउँदै श्रेष्ठले बिषेस गरी आफुले देशका दुर दराजमा रहेका सामुदायीक कलेजहरुमा पुस्तकालय निर्माण गर्ने बताए । गरीवीका कारण गुणस्तरीय शिक्षा बाट हजारौ कलीला बालवालिका अझै पनी पढ्न बन्चित भइरहेका छन् तिनलाई बिद्यालय सम्म गएर अध्यन गर्न प्रोत्साहित गर्ने गरी बिद्यार्थिलाई छात्रावृति गराउने ,व्यवस्थीत पुस्तकालय सम्वन्धी शिक्षकहरुलाई तालिम दिने लगायतका कार्यहरु प्रतिष्ठानको माध्यमवाट आफुहरुले गरिराखेको पनी श्रेष्ठले बताए । हाल सम्म प्रतिष्ठानले दुइकरोडको पुस्तकालयमा लगानी गरिसकेको र आगामी केही वर्षमा यसलाई पाँच करोड पुर्याउने पनी श्रेष्ठले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
