२० कात्तिक २०८३, शुक्रबार

विश्वकै सबैभन्दा धेरै उन भएको भेडा ( भिडियो सहित)

२०७१ भदौ १४, शनिवार
विश्वकै सबैभन्दा धेरै उन भएको भेडा  ( भिडियो सहित)

अस्ट्रेलियाको तास्मानियाको एक कृषक परिवारले यस्तो भेडा भेटेका छन् जुन विश्वकै सबैभन्दा धेरै उन भएको भेडा बन्न सक्छ । उनीहरुले उक्त भेडाको नाम शन राखेका छन् ।

शनको उन अहिलेसम्म एकपटक पनि काटिएको छैन । त्यही भएर उसको शीरमा आधा मिटर बाक्लो उन जम्मा भइसकेको छ । तास्मानियाको पूर्वी तटमा रहेको एक कृषकको फार्मबाट भागेका शन विगत ६ वर्षदेखि फरार थिए ।

पिटर हेजल र उनका पत्नी नेट्टीले शनलाई गत आइतबार आफ्नो घर छेउ फेला पारेका थिए । शरीरभरि उनको पोकोले गर्दा उसलाई हिँड्न पनि गाह्रा भइरहेको दम्पत्ति बताउँछन् । उसको आँखालाई पनि उनले छोपेको हुँदा राम्ररी देख्दैन थियो । त्यही भएर मैले पछाडिबाट गएर समाए, पिटर भन्छन् । नेट्टीका अनुसार उनले एउटै भेडामा यति धेरै उन देखेको यो पहिलो पटक हो ।

यही हप्ता शनको शरीरबाट उन काटिने भएको छ । अब हेर्नुछ यसले विश्व रेकर्ड बनाउँछ कि बनाउँदैन ।

यसअघि सन् २००४ मा न्युजिल्याण्डमा स्रेक नामक भेडाले २७ किलोग्राम उन दिएको थियो ।

अभिलेख

लोकप्रिय