माडी क्याम्पस भवनको उद्घाटन
काठमाडौं । चितवन जिल्ला भ्रमणको क्रममा नेपाल स्थित भारतीय राजदूत रणजीत रायले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारतकोे सहयोगमा नवनिर्मित श्री माडी क्याम्पस भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा जिल्ला विकास समिति चितवनका प्रतिनिधिहरु, समुदायका नेताहरु तथा त्यस क्षेत्रका वृहत जनताहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो ।
सन् १९९६ मा स्थानीय पहलमा स्थापना भएको यो क्याम्पस चितवन जिल्लाको बगौडा–३, बसन्तपुर, माडीमा अवस्थित छ । भारतको ने.रु. ९६ लाख सहयोगमा नवनिर्मित क्याम्पसबाट अध्ययनरत ५५ प्रतिशत छात्राहरुसहित कूल ५०० भन्दा बढी विद्यार्थीहरुलाई अध्ययन कार्यक्रममा सहयोगको साथै जिल्लाको शिक्षाको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो परियोजनाको अतिरिक्त, भारतको ने.रु. ४.३९ करोडको अनुदान सहयोगमा दुई परियोजना सम्पन्न हुनुको साथै ने.रु. १२.५ करोड लागतमा अन्य चार परियोजनाहरु यस जिल्लामा सुचारु छन । साथै भारतीय सहयोगमा एघार एम्वुलेन्सहरु, एक स्कूल बस र एक हाइड्रोलिक एक्सकाभेटर समेत चितवन जिल्लाको लागि प्रदान गरिसकिएको छ । नेपालको समग्र विकासको लागि शैक्षिक पुर्वाधार सवलीकारणको महत्वमा जोड दिदै भारतका राजदूतले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित विभिन्न शैक्षिक विकास परियोजनाहरुले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आसा व्यक्त गरे । नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात गर्दै सो को लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिवद्ध रहेको छ ।
भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ४९० भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ६५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।
धरानमा कल्चर नगरी
धरान । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धरानको होटल रत्ना इनमा “कल्चर नगरी” को पहिलो श्रृंखला सम्पन्न भयो ।
कल्चर नगरीको पहिलो श्रृंखला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर बिक्रमप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए भने धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख टंक न्यौपानेले अध्यक्षता रहेको थियो । कार्यक्रममा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले भने, “भारत र नेपालबीच सांस्कृतिक तथा बौद्धिक आयामहरु साटासाट गरी सवल गराउँनको लागि हामीले काठमाण्डौमा अनेक सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्देआएका छौं । हामीले नेपालभरि छरिएका प्रतिभाशाली लेखक तथा कविहरु समेटेर काठमाण्डौभन्दा बाहिर पनि पोएमाण्डु र कन्र्भसेसन्स नामक दुई मासिक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका थियौं । तसर्थ हामी यी दुई कार्यक्रम धरानमा आयोजना गर्दै छौं । हामी आश्वस्त पार्न चाहन्छौं कि यो एक सुरुवातमात्र हो । कल्चर नगरी अन्य स्थानहरुमा समेत आइपुग्ने छ ।’
पहिलो सत्रमा आयोजित “कन्र्भसेसन्स” मा नेपालका मुर्धन्य कवि तथा लेखक कुन्ता शर्मा र बोम देवानले आफ्ना सृजनाबारेमा प्रवचन दिएका थिए भने समालोचक दीपक न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए । त्यसैगरी, दोश्रो सत्रमा आयोजित “पोएमाण्डु” मा धरान, इटहरी र विराटनगरका पन्ध्र जना प्रखर तथा उदाउँदा कविहरुले नेपाली, हिन्दी र अंग्रेजी भाषामा आ–आफ्ना कविता वाचन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
