२० कात्तिक २०८३, शुक्रबार

चाँदीमा चमक हराउदै

२०७१ भदौ १४, शनिवार
चाँदीमा चमक हराउदै

काठमाडाै‌, १४ भदाै  । पछिल्लाे समयमा चाँदीका सरसामानप्रति आकर्षण घट्दै गएको छ । व्यापारी र ग्राहकको आकर्षण कम हुँदा कारोबार पनि घट्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा चाँदीको कारोबारमा आएको अस्थिरताका कारण आकर्षण कम हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
२ वर्षअघि दैनिक साढे २ सय किलोसम्म चाँदीको माग हुने गरेकोमा अहिले माग घटेर १ सय किलोमा झरेको व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो । पहिला सुनको कारोबार गर्ने सबैजसोले चाँदीको कारोबार गर्ने गरेकामा अहिले धेरैजसोले सुनको मात्र कारोबार गर्न थालेका छन् ।
चाँदीमा भन्दा सुनमा नाफा छिटो हुने भएकाले चाँदीको कारोबार  व्यवसायीले कम गरेका हुन् । तिहार लगायतका चाडपर्वमा चाँदीका मौलिक भाडाकुँडा बनाउने अर्डर आउने गरेकोमा त्यसमा समेत पछिल्ला वर्ष कमी आएको शाक्यले बताए ।
चाँदीमा अरु धातु मिसाएर केहि व्यवसायीले कारोबार गर्न थालेपछि र युवा वर्गहरु आधुनिक बन्दै गएकाले पनि चाँदीका सरसामानको अर्डर आउन छोडेको व्यवसायी बताउँछन् । १० दिन यता चाँदी तोलामा ८ सय रुपैयाँमा कायम भएको छ ।

अभिलेख

लोकप्रिय