रुपन्देहीका दुग्ध सहकारीमा ७२ वटा चिलिङ भ्याट
बुटवल, १४ भदौ । व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गए पछि रूपन्देही जिल्ला दूध निर्यात गर्न सक्षम बनेको छ । रूपन्देहीबाट अहिले जिल्लामा खपत हुन नसकेको दूध चितवन, हेटाँैडा, काठमाडाँै र पोखरा निर्यात हुने गरेको छ ।
रूपन्देहीमा अहिलेको मौसममा दैनिक ५५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । जसमध्ये ५० प्रतिशत दूध जिल्लामा खपत हुन्छ भने बाँकी ५० प्रतिशत दूध अन्य जिल्लामा जाने गरेको जिल्ला पशु सेवा कार्यालय रूपन्देहीका वरिष्ठ पशु चिकित्सक डा लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
जिल्लामा वार्षिक झन्डै दुई लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढेकाले जिल्लामा दूधको उत्पादनमा पनि वृद्धि भएको डा ढकाल बताउनुहुन्छ ।
जिल्लामा व्यावसायिक पशु फर्म करिब ४५० को सङ्ख्यामा रहेका छन् । डा ढकालका अनुसार गत आर्थिक वर्षमा मात्र ३८ हजार गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएको छ । यसबाट वर्षमा करिब १० हजार नयाँ दूध दिने पशुको सङ्ख्या बढ्ने अनुमान गर्न सकिन्छ । दूध दिने पशुको सङ्ख्यामा वृद्धिसँगै दूध उत्पादनमा पनि वृद्धि हुन्छ ।
रूपन्देहीमा डेरी व्यवसायीको सङ्ख्या पनि बढ्दो छ । जिल्लामा डेरी व्यवसायीको सङ्ख्या ९० भन्दा बढी छ । यहाँका डेरीबाट पनिर, घिउ, दहीलगायतका दुग्धजन्य पदार्थ उत्पादनसमेत हुने गरेको छ । यहाँ दैनिक १० हजार लिटर दूध सङ्कलन र प्रशोधन गर्न सक्ने क्षमताका उद्योग पनि रहेका छन् । यसका साथै ७२ वटा दुग्ध सहकारीमा चिलिङ भ्याट केन्द्रसमेत राखिएको छ ।
दूधबाट निर्मित हरेक परिकार स्थानीय बजारदेखि बाहिरी जिल्लामा समेत जाने गरेको रूपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष भुवनेश्वर न्यौपानेले बताउनुभयो ।
डेरी व्यवसायीहरूले स्थानीय किसानले उत्पादन गरेको दूध राम्रो मूल्य दिएर खरिद गरेको बताउँदै आए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गर्छन् । किसानले आफूले उत्पादन गरेको दूध सहकारीमार्फत् वितरण गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
