२० कात्तिक २०८३, शुक्रबार

धमाधम बचत बन्द गर्दै रुपन्देहीका सहकारी

२०७१ भदौ १४, शनिवार
धमाधम बचत बन्द गर्दै  रुपन्देहीका सहकारी

रुपन्देही १४ भदौ ।  रुपन्देहीमा बचत तथा ऋणको कारोबार गर्दै आएका बचत तथा ऋण सहकारीमा धमाधम दैनिक बचत बन्द हुन थालेको छ ।   केहि समय अगाडी बुटवलमा संचालन भएको स्वर्णिम बचत तथा ऋण सहकारीले ४ हजार भन्दा बढि ग्राहक संग ७ करोड संकलन गरेकोमा उक्त रकम सस्थाका अध्यक्ष का श्रीमान् लाई पेस्कीको रुपमा दिएको तथ्य बाहिर आए पछि सो सस्था हाल बन्द अवस्थामा रहेको छ ।

डिभिजन सहाकरी कायालय रुपन्देहीले जिल्लाका सम्पूर्ण सहकारी सस्थाहरु स‌ग सदस्यहरुको बचत तथा ऋण लगानीको बिवरण मागेको थियो जसमा हाल सम्म ४० प्रतिश  सहकारी सस्थाहरुले मात्रै बिवरण उपलब्ध गराएको डिभिजन सहकारी कायालय रुपन्देहीका  सहकारी निरीक्षक  चन्द्रकान्त भट्रराईले जानकारी  दिए ।  साथै सहकारी नीति भन्दा बाहिर सदस्य बनाइ दैनिक बचत संकलन गरिहेका सहकारी सस्थाहरुलाई स्पस्टिकरण सोधिएको डिभिजन सहाकरी कायालय रुपन्देहीले जनाएको छ ।

त्यस्को परिणाम सो रुप बुटवल, भैरहवामा संचालित सहकारीहरुले दैनिक बचत संकलन बन्द गरेका हुन्  ।  बुटवल कालिकानगरका एक स्थनीय ब्यापारी राम बहादुर कार्कीले भने उहासग दैनिक बचत संकलन गर्दै आएको ट्राफिक चोकको एक सहकारीले बचत फिर्ता लिन फोन गरेको र बचत संकलन गर्न आउन छोडेको  बताए । त्यस्तै कालिकानगर को एक सहकारी मा बचत संकलन गर्दै आउनु भएका  इटा भटिका होटल ब्यबसायी हरि ढकाल लाइ पनि सहकारीले बचत फिर्ता लिन फोन गरेको र बचत संकलन गर्न आउन छोडेको जानकारी  दिए ।

अभिलेख

लोकप्रिय