विश्वज्योति साकोसको तेस्रो साधारणसभा, अध्यक्षमा पुनः शर्मा
काठमाडौं । विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारणसभाले पुनः बच्चुराक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण पुडासैनि, सचिवमा प्रकाश खतिवडा, कोषाध्यक्षमा अशोक नेपाल र सदस्यहरुमा राजाराम सापकोटा, बलबहादुर तामाङ, अर्जुन प्रसाद गौतम, मेघदत्त रिजाल, शुभद्रा दंगाल रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अच्चुत विष्ट र सदस्यहरुमा होमनाथ पौडेल र दिनेश भण्डारी रहेका छन् । त्यस्तै ऋण उपसमितिमा रामशरण सापकोटा र भिमसेन खतिवडा रहेका छन् ।
सभाका प्रमुख अतिथि दिपक बाँस्कोटा रहेका थिए । काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रामेश्वर फुयाँलले सहकारीमार्फत ग्रामिण तहसम्म रोजगारी सिर्जना गरी मुलुकको आर्थिक विकास गर्न सम्भव रहेको बताए । संस्थाका अध्यक्ष बच्चुराम शर्मा कुईकेलले संस्थाले स्थानिय स्तरमा बिल भुक्तानी सेवा, शिक्षा, तालिम र अवलोकन, शेयर सदस्य राहत कार्यक्रम, उपचार तथा सुत्केरी भत्ता आदि कार्यक्रमहरु संस्थाले अवलम्बन गरेको बताए ।
संस्थाको ३७ लाख ७९ हजार चुक्ता सेयरपूँजी रहेको र २ करोड ४ लाख ७७ हजार निक्षेप संकलन गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक गोविन्द प्रसाद काफ्लेले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
