प्रधानमन्त्रीसँग क्यानाडेली टोलीको भेट, सुरुङ्गमार्गमा लगानी गर्दैछौंः टोली
काठमाडौं १३ भदौ । नेपाल भ्रमणमा रहेको क्यानाडेली लगानी कर्ताहरुको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी काठमाडौं-कुलेखानी-हेटौडा सुरुङमार्गमा लगानी गर्न लागेको बताएको छ ।नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमणमा आएको टोलीले पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेटेर नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले नेपालमा अहिले लगानीयोग्य वातावरण तयार भइसकेको जानकारी दिँदै विदेशी लागानीलाई स्वागत गर्न सरकार तयार रहेको टोलीलाई आश्वासन दिए । विदेशी लगानीकर्तालाई पनि नेपाली लगानीकर्ता सरह सेवा सुविधाहरु दिएर आकषिर्त गर्ने सरकारले लक्ष्य रहेको समेत उनले बताए ।
भेटमा नेपाल पूवाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङ्गमार्ग निर्माणमा क्यानेडियन टोलीले लगानी सम्झौता गरिसेकेकोले निजी क्षेत्रको पहलमा पनि ठुला परियोजना निर्माण हुन सक्छन भन्ने उदाहरणका रुपमा यो सुरुङमार्ग रहेको प्रधानमन्त्रीलाई बताए । प्रतिक्रिया स्वरुप प्रधानमन्त्रीले हौसला प्रधान गर्दै निर्धक्क भएर लागनी गर्न निजी क्षेत्रलाई आग्रह गरेका थिए ।
टोलीले पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री निधीलाई भेटी पूर्वाधार क्षेत्रमा लागनी गर्न नेपाल आएको र सुरुङमार्गमा लगानी गर्ने सम्झौता समेत गरिसकेको जानकारी गराएको थियो ।
क्यानेडियन टोलीका सदस्य साम भौजीले मन्त्रीसँगको भेटमा आर्थिक लगानी मात्र नभई उक्त सम्झौताले प्रविधी समेत हस्तारण गरिने जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
