२१ कात्तिक २०८३, शनिवार

बाढीपीडितलाई हेफर को ४७ लाख सहयोग

२०७१ भदौ १२, बिहिबार
बाढीपीडितलाई हेफर को ४७ लाख सहयोग

काठमाडौं, १२ भदौ । बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले हेफर इन्टरनेसनल नेपालले रु ४७ लाख सहयोग उपलब्ध गराएको छ ।
सो रकम पाँच जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला दैवीप्रकोप राहत समितिलाई प्रदान गरिएको हेफर नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मी जानकारी दिए । सोअन्र्तगत बाँकेमा २० लाख, बर्दियामा १५ लाख, सुर्खेतमा छ लाख, दाङमा चार लाख र सिन्धुलीमा दुई लाख प्रदान गरिएको छ ।
हेफर इन्टरनेसनलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दाङ, सल्यान, प्युठान र रोल्पामा महिला ससशक्तकरण, पशुधन, घाँस विकास र सामुदायिक विकासका विविध क्षेत्रमा समुदायलाई ज्ञान, सीप, तालिम, सेवा, सहयोग तथा परामर्शका क्षेत्रमा काम गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय