राष्ट बैंकले स्पष्टीकरण दिएपछि लगानीकर्ताको मनोबल बढ्यो
काठमाडौं ११ भदौ । बैंक तथा बित्तिय संस्थाले शेयरमा गर्ने लगानीको अनुपात घटाउन दिएको निर्देशनबारे राष्ट बैंकले स्पष्ट पारेपछि शेयर बजारमा सुधार देखिएको छ ।
दुई दिनसम्म भारी गिरावट आएको शेयर बजार बुधवार देखी बढ्न सुरु गरेको छ । सोमबार ३८ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से बुधवार झण्डै समान अंकले बढेको छ । ३६ दशमलव ६२ अङ्कले बढेर नेप्से ९ सय ६० दशमलव ४३ बिन्दुमा पुगेको छ ।
सोमबार ३८ अंकले घटेको नेप्से मंगलवार २६ अङ्कले तल झरेको थियो । नेप्से उकालो लागेपछि कारोबार रकममा पनि बृद्धि भएको छ । बीमा समूहमा २ सय ४८ तथा जलविद्युत् समूहमा १ सय ७८ अंकको सुधार आएको छ ।
बैंकिङ समूहमा ३६ अंकको सुधार आएपनि होटल समूह भने झिनो ढंगले ओरालो लागेको छ । यसअघि राष्ट बैंकले बैंक तथा बित्तिय संस्थाले शेयरमा गर्ने लगानीलाई ३० प्रतिशतबाट १ प्रतिशतमा झार्न निर्देशन दिएको थियो ।
राष्ट बैंकले मंगलवार विज्ञप्ती जारी गर्दै सो निर्णय पुरानै व्यवस्था भएको भनेर स्पष्टीकरण दिएपछि लगानीकर्ताको मनोबल बढेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
