२० कात्तिक २०८३, शुक्रबार

सहकारी अक्षय कोष स्थापना

२०७१ भदौ १०, मङ्गलबार
सहकारी अक्षय कोष स्थापना

नुवाकोट, १० भदौ । सहकारी आन्दोलनका अभियन्ता स्व कैलाशनाथ पौडेलको पहिलो वार्षिक पुण्यतिथिको अवसर जिल्ला सहकारी सङ्घ लिमिटेड, नुवाकोट र पौडेलका परिवारले दुई लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

कोषबाट हुन आउने व्याजले हरेक वार्षिक पुण्यतिथिमा गरिब तथा असहाय तीन बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने स्व पौडेलका छोरा श्याम पौडेलले जानकारी दिए ।

हरेक वर्ष कोषको रकमलाई बढाउँदै लगिने र ५० लाखसम्म पुर्याउने लक्ष्य लिइएको उनले बताए ।

अभिलेख

लोकप्रिय