२० कात्तिक २०८३, शुक्रबार

स्वर्ण लक्ष्मी साकोसद्धारा बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यन्न विरतण

२०७१ भदौ ९, सोमबार
स्वर्ण लक्ष्मी साकोसद्धारा बृद्ध बृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यन्न विरतण

भरतपुर ९ भदौ । नारायणगढमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमीटेडले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका बृद्ध बद्धाहरुलाई लत्ता कपडा र खाद्यन्न वितरण गरेको छ । आज  आफनो छौंठो बार्षिक उत्सवको अवसर पारेर समाज कल्याण केन्द्र वृद्धाश्रमका  ३१ बृद्ध बद्धाहरु सो सहयोग वितरण गरेको हो ।

प्रत्येक बार्षिक उत्सवमा विभिन्न सामाजिक काम गर्दै आएको यो संस्थाले यस पटकको असाआय बृद्ध बृद्धालाई लत्ताकपडा वितरण गरेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमीटेडका अध्यक्ष कृष्ण कुमार तामाङले जानाकारी दिनु भयो । यस सहकारीले वार्षिक ३० करोड भन्दा वढिको कारोवार गर्दै आएको छ ।

10628330_10201689773081058_6735470872814022396_n

सोहि अवसरमा स्वर्ण लक्ष्मीका कर्मचारीहरुले नगद रुपैंया समेत प्रदान गरेका थिए । नेपाल बचत तथा ऋण सहकारी सघका केन्द्रिय सञ्चालक सदस्य तथा चितवन बचत तथा सहकारी संस्था चितवनका अध्यक्ष नवराज सापकोटा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा  देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया, देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका कार्यकारी निर्देशक जयकृष्ण शर्मा तथा सो संस्थाका सेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

1609917_10201689771601021_8437391327495772166_n

अभिलेख

लोकप्रिय