२१ कात्तिक २०८३, शनिवार

रेल लाइन परियोजना बारे समन्वय बैठक

२०७१ भदौ ९, सोमबार
रेल लाइन परियोजना बारे समन्वय बैठक

काठमाडौं, ९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तथा अन्य अधिकारीहरु, भारतीय राजदूतावास र इर्काेन इण्टरनेशनलका प्रतिनिधिहरुको उपस्थितिमा जोगवनी–विराटनगर र जयनगर–विजलपूर–वर्दीवास रेल लाइन परियोजनाका प्रगति समीक्षा तथा विचाराधिन विषयहरुबारे छलफल गर्न एक समन्वय बैठक सम्पन्न भएको छ ।

बैठक सकारात्मक एवम् फलदायी भएको जनाएको छ । जोगवनी–विराटनगरको उपलव्ध जमिनमा अर्थवर्क, ब्रिजवर्कका ७० प्रतिशत काम सम्पन्न भएको तथा जयनगर–विजलपूरमा ३० प्रतिशत काम सम्पन्न भएको बैठकमा जानकारी गराइएको थियो ।

विराटनगर, जनकपुर र वर्दीवासमा जग्गा उपलव्ध हुन नसक्नाले कार्यसम्पादनमा ढिलाइ हुन पुगेको छ । नेपाल सरकारले विराटनगर, जनकपुर र वर्दीवासका परियोजनाका दुबै खण्डमा शीघ्र काम सम्पन्न गर्नको लागि आवश्यक जमिन सक्दो छिटो अधिग्रहण गरी इर्काेनलाई हस्तान्तरण गरिने आश्वासन दिएको छ ।

यी महत्वपूर्ण परियोजनाहरु शीघ्र कार्यान्वयन गर्नको लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्न दुबै पक्ष सहमत भएका छन् ।

अभिलेख

लोकप्रिय