२० कात्तिक २०८३, शुक्रबार

सुनकोशी बाढी पिडितलाई चन्द्रसूर्य र जननी सहकारीको सहयोग

२०७१ भदौ ८, आईतवार
सुनकोशी बाढी पिडितलाई चन्द्रसूर्य र जननी सहकारीको सहयोग

सिन्धुपाल्चोक, ८ भदौ । ललितपुरको लगनखेल स्थित चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था र जननी कृषि
सहकारीले सुनकोशी बाढी पिडितलाई सहयोग गरेको छ ।

संस्थाले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय निकायद्वारा गठित बाढी पिडित राहत संकलन समितिलाई शनिवार ७० हजार नगद सहयोग गरेको हो । सानो सहयोग कसैको लागि नयाँ जीवन जीउने आधार वन्न सक्ने चन्द्रसुर्य सहकारीका अध्यक्ष रामशरण बस्नेतले बताए ।

सबै मिलि सहयोग गर्न र सुनकोशी वाडिपीडितहरुको नयाँ पुनर्वासको व्यवस्था गर्न संस्थाले आह्वान गरेको छ ।

अभिलेख

लोकप्रिय