‘मेघा लाइभ कन्सर्ट २०१४’ १४ गते, तयारी अन्तिम चरणमा
काठमाडौं, ८ भदौ । फ्रेन्ज एण्ड ग्रुप इन्टरटेन्मेण्टको आयोजनामा हुन लागेको ‘मेघा लाइभ कन्सर्ट २०१४’ को तयारी अन्तिम चरणमामा पुगेको छ ।
भाद्र १४ गते हायत ओपन ग्राउण्ड, चुच्चेपाटीमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित व्याण्डहरु एक्स व्याण्ड, अनुप्रस्थ व्याण्ड, सुनिल बर्देवा, द त्रिप्लेट (फ्यूजन व्याण्ड), डिवान एण्ड एकाग्रह, रुट्स, द गोर्खालीज् गल्सका साथै अन्य कलाकारहरु प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै डिजे सेसनमा डिजे तेन्जिङ रहेका छन् ।
कार्यक्रमका लागि हाल सम्म ५ हजार टिक विक्रि भैसकेको आयोजकले जनाएको छ । कार्यक्रमका लागि करीब ३ सय सेक्यूरिटि गार्ड, एक सयको हाराहारीमा नेपाल प्रहरी रहने जनाएको छ । कार्यक्रममा सहभागीका लागि साधारण तर्फ २५० र विद्यार्थी सहुलियत तथा महिलाका लागि १५० रहेको छ । कार्यक्रम स्थलमा खाजा, पेय पदार्थ, फेस पेन्टिङ, फोटो सेसन, इन्फरमेशन डेक्स लगायत रहने छन् ।
पुरानो शिक्षा प्रणाली लाई परिवर्तनका लागि युवा आवाज, पुस्तक संकलन तथा वितरण, असाहय व्यक्तिहरुको लागि डिसेवल रिह्याविलिटेशन सेन्टर नेपाल मार्फत सहयोगार्थ, बाढी पिडितहरुका लागि राहत संकलन र नेपाली संगितको प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कलाकार धु्रब डिवानले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
